४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक « Khabarhub

४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरीका औषधिको पैठारी र नयाँ उत्पादनमा रोक लगाएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार आवश्यक मापदण्ड पूरा नगरेका ती औषधिको उत्पादन तथा आयातमा रोक लगाइएको विभागले जनाएको छ।

विभागका अनुसार असोज २० गते महानिर्देशकस्तरीय निर्णयबाट सम्बन्धित औषधिको उत्पादन अनुज्ञापत्र, औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र, औषधि पैठारी दर्ता प्रमाणपत्र तथा पैठारी सिफारिसपत्रलगायत खारेज गरिएको हो।

विभागका महानिर्देशक भरत भट्टराईले सार्वजनिक सूचना जारी गर्दै विभिन्न कम्पनीका ४७ थरीका औषधिको नयाँ आयात र उत्पादनमा रोक लगाइएको जानकारी दिएका छन्। तर, बजारमा यसअघि नै बिक्री वितरण हुँदै आएका ती औषधिको बिक्रीमा भने रोक नलगाइएको विभागले स्पष्ट पारेको छ।

‘इम्युनोसप्रेस्यान्ट’ वर्गका औषधिको गुणस्तर, सुरक्षा तथा ‘क्रस कन्टामिनेसन’ अर्थात् एक औषधिबाट अर्कोमा हुने दूषणको जोखिम न्यूनीकरण गर्न विभागले २०८३ जेठ २१ गते जारी गरेको जोखिम मूल्याङ्कनसम्बन्धी सार्वजनिक सूचनाअनुसार प्रक्रिया अघि बढाएको जनाएको छ।

विभागले जोखिम मूल्याङ्कनसम्बन्धी कागजात सन्तोषजनक भएका औषधिको आपूर्ति शृङ्खलामा सन्तुलन कायम राख्न बढीमा तीन महिनाका लागि उत्पादन वा पैठारी अनुमति प्राप्त औषधि आयात गर्दा त्यसको प्रज्ञापनपत्र र हालको मौज्दात विवरण तत्काल विभागमा पेस गर्न सम्बन्धित उत्पादक तथा पैठारीकर्तालाई अनुरोध गरेको छ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ५ : ४३ बजे

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको