रास्वपाका महिला सांसदको नाममा आएको विज्ञप्ति ‘फेक’  « Khabarhub

रास्वपाका महिला सांसदको नाममा आएको विज्ञप्ति ‘फेक’ 


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले रास्वपाका महिला सांसदहरूको नाममा सार्वजनिक भएको सांसद खगेन्द्र सुनारमाथि कारबाहीको मागसहितको विज्ञप्ति ‘फेक’ भएको दाबी गरेकी छन्।

बाँस्कोटाले महिला सांसदहरूले कुनै पनि छुट्टै विज्ञप्ति जारी नगरेको स्पष्ट पार्दै उक्त विज्ञप्तिको भ्रममा नपर्न आग्रह गरेकी छन्।

महिला सांसदहरूले सुनारमाथि कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेको विवरण सार्वजनिक भएपछि बाँस्कोटाले त्यसको खण्डन गरेकी हुन्।

‘पार्टीले नै विज्ञप्ति जारी गरेर अनुसन्धानको प्रक्रिया अगाडि बढेपछि हामीले छुट्टै विज्ञप्ति जारी गरेका छैनौँ। यो कार्य कसले गर्‍यो भनेर हामीले खोजिरहेका छौँ,’ बाँस्कोटाले खबरहबसँग भनिन्।

उनले महिला सांसदहरूको नाममा आएको विज्ञप्ति भ्रामक रहेको बताउँदै पार्टीले यस विषयमा आफ्नै ढंगले छलफल र अनुसन्धान गरिरहेको जानकारी दिइन्।

‘हामीले कुनै पनि प्रकारको विज्ञप्ति जारी गरेका छैनौँ। यो सबै कुरा भ्रमपूर्ण हुन्। पार्टीले आफ्नो ढंगले छलफल र अनुसन्धान गरिरहेको छ,’ उनले भनिन्, ‘उहाँ दोषी भएको अवस्थामा अवश्य कारबाही हुन्छ। दोषी भएको व्यक्तिलाई पार्टीले छाड्दैन।’

सांसद निशा डाँगीले पनि महिला सांसदहरूको नाममा सार्वजनिक भएको विज्ञप्ति फेक भएको स्पष्ट पारेकी छन्।

‘त्यो भाषा नै हाम्रो होइन । यो फेक हो । कता कसरी बन्यो थाहा भएन,’ डाँगीले भनिन्।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ५ : ५४ बजे

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको