रास्वपाको उम्मेदवार छनोट रूपरेखा : पैसा, पहुँच र गुटको प्रभाव नचल्ने, अरु के छन् प्रवधान ? « Khabarhub

रास्वपाको उम्मेदवार छनोट रूपरेखा : पैसा, पहुँच र गुटको प्रभाव नचल्ने, अरु के छन् प्रवधान ?


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोटमा आर्थिक हैसियत, राजनीतिक पहुँच, गुटगत प्रभाव र नातासम्बन्धलाई हाबी हुन नदिने जनाएको छ।

पार्टीले उम्मेदवार छनोटसम्बन्धी रूपरेखामा नेपाली राजनीतिमा उम्मेदवार छनोट प्रक्रिया विकृत बन्दै गएको उल्लेख गर्दै अन्तिम समयमा उम्मेदवार घोषणा हुने, बन्द कोठाभित्र निर्णय लिइने र शक्ति सन्तुलनको अनुचित खेल हुने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने रास्वपाले उल्लेख गरेको छ ।

नातासम्बन्ध, पहुँच, चाकडी, गुटगत प्रभाव, आर्थिक हैसियत तथा पैसा र बाहुबलको प्रभावले उम्मेदवार छनोटमा नागरिकका वास्तविक आवाज ओझेलमा पर्ने गरेका छन्। यसले स्थानीय तहको निर्वाचनसमेत प्रभावित हुने र स्थानीय सरकारको अनुभूति नागरिकले सही अर्थमा गर्न नसक्ने अवस्था सिर्जना गरेको पार्टीको निष्कर्ष छ।

यस्तो अवस्थाको अन्त्य गर्न पार्टीले उम्मेदवार छनोटमा पूर्णतः विधि, पद्धति र प्रमाणमा आधारित प्रक्रिया अपनाउने नीति लिएको जनाएको छ।

रास्वपाले आफ्नो विधानको भाग १८ अन्तर्गत धारा ६३, ६४ र ६५ मा व्यवस्था गरिएको उम्मेदवार छनोट रूपरेखा, ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’को मर्मलाई आत्मसात् गर्दै स्थानीय निर्वाचनका लागि वैज्ञानिक, वस्तुनिष्ठ, पारदर्शी र सहभागितामूलक प्रक्रिया तय गरेको जनाएको छ। उम्मेदवार छनोट रुपरेखाको पूर्णपाठ

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ७ : ०२ बजे

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध