नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी « Khabarhub

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी नदीमा खुट्टा धुने क्रममा बुधबार डुबेका तीन जनामध्ये बेपत्ता दुई जनाको आज पनि खोजी जारी छ ।

नदीमा डेबेका एक बालिकाको बुधबार नै उद्धार गरिएको थियो भने उनका आमा र भाइ बेपत्ता रहेकामा हिजो र आज दिनभरि खोजी गर्दा पनि अवस्था पत्ता लगाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।

उनका अनुसार बुधबार साँझ नदीमा खुट्टा धुने क्रममा खैरहनी नगरपालिका(१ घर भई हाल भरतपुर महानगरपालिका – १२ मुनालचोकस्थित माइत बस्दै आएकी ३२ वर्षीया सिर्जना शर्मा, उनकी ११ वर्षीया छोरी प्रसिद्धि पौडेल र छ वर्षीय छोरा प्रसिद्ध पौडेल डुबेका थिए ।

घटनाबारे स्थानीयले जानकारी गराएलगत्तै विपद्सहितको उद्धार टोली परिचालन गरिएको थियो । टोलीले प्रसिद्धिलाई उद्धार गरेको प्रहरी उपरीक्षक पौडेलले बताए । सशस्त्र प्रहरीको गोताखोरको टोली र नेपाल प्रहरीले बेपत्ता आमा र छोराको खोजी गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  ९ : १० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार