घुस लिएको आरोपमा इन्सपेक्टरविरुद्ध विशेष अदालतमा मुद्दा « Khabarhub

घुस लिएको आरोपमा इन्सपेक्टरविरुद्ध विशेष अदालतमा मुद्दा


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा प्रहरी चौकी औरही महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रामनरेश साह तेलीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपाल भारत सीमा बजारबाट घरमा प्रयोग गर्ने विद्युतीय सामग्रीलगायतका सामान ल्याउन सहज गराइ दिने भन्ने बहानामा रु १० हजार घुस मागेको अभियोग लागेको छ । आयोगले घुस लिँदै गरेको अवस्थामा प्रहरी सहायक निरीक्षक तेलीलाई पक्राउ गरेको थियो । आयोगले बिगो असुल गरी कैद सजायको समेत माग गरेको छ ।

आयोगले स्थानीय फर्निचर उद्योग सञ्चालक दिनेश साहले घुस लिने कार्यमा मतियारको भूमिका खेलेको जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ९ : ४४ बजे

राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको

विद्यार्थीलाई बधाई दिँदै शिक्षामन्त्रीले व्यक्त गरे एक महिनामै नतिजा सफल बनाउने शिक्षकप्रति आभार

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई

एसईई नतिजा : कुन प्रदेशका कति विद्यार्थी ननग्रेड ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार

एसईईमा डेढ लाख विद्यार्थी ‘नन् ग्रेडेड’

२८ वैशाख, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी मध्ये

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएकाे छ