दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु « Khabarhub

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु


२ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको मृत्यु भएको छ । मृतकमध्ये घर फर्कनका लागि ट्रक चढ्ने प्रतीक्षामा रहेका यात्रुहरू धेरै रहेको एक चिकित्सक स्रोत र प्रत्यक्षदर्शीले सोमबार बताएका छन् ।

प्रत्यक्षदर्शी अहमद अबाकर वादीका अनुसार, आइतबार साँझ पश्चिम कोर्डोफान राज्यको अल–दिबाब सहरमा उक्त आक्रमण भएको थियो । सञ्चार सेवा अवरुद्ध रहेकाले उनले स्याटेलाइट इन्टरनेटमार्फत एएफपीलाई घटनाबारे जानकारी दिएका हुन् ।

वादीले आक्रमणपछि ५० जनाको शव गाड्न सहयोग गरेको बताए । मृतकमध्ये उनका आफ्नै भाइ मोहम्मद पनि थिए ।

उनका अनुसार, आक्रमणमा घाइते भएका अन्य ४७ जनालाई नजिकैको अल–मुजलाद सहर लगिएको थियो । त्यहाँ उपचारका क्रममा उनीहरूमध्ये ३० जनाको मृत्यु भएको जानकारी एक चिकित्सक स्रोतले एएफपीलाई दिएका छन् ।

आक्रमणमा ठूलो सङ्ख्यामा मानिसको ज्यान गए पनि घटनाको जिम्मेवारी कसले लिएको हो भन्नेबारे तत्काल स्पष्ट जानकारी प्राप्त भएको छैन ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  ७ : ०० बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम