ऊर्जामा थप लगानी गर्न मन्त्री पुनको आग्रह | Khabarhub Khabarhub

ऊर्जामा थप लगानी गर्न मन्त्री पुनको आग्रह


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि चीन सरकारको सहयोग आफूहरुका लागि महत्वपूर्ण रहेको बताएका छन् ।

चीनको युनान प्रान्तका गभर्नर रुएन चेङगफासँग सोमबार भएको भेटवार्तामा मन्त्री पुनले सो आग्रह गरेका हुन् । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै ऊर्जा क्षेत्रमा लगानी गर्नेबारे छलफल भएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

मन्त्री पुनले चिनियाँ राष्ट्रपति सी चिनफिङको गत महिना भएको नेपाल भ्रमणबाट दुई देशबीचको सम्बन्ध सुदृढ बनेको भन्दै उच्चस्तरीय भ्रमणले जनस्तरमा समेत सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरेका थिए ।

“नेपाल र चीनबीच लामो समयदेखि राजनीतिक, प्रशासनिक र जनस्तरको सम्बन्ध रहेको छ । यस प्रकारका उच्चस्तरीय भ्रमणले चिनियाँ नागरिकलाई नेपाल भ्रमणका लागि प्रोत्साहनसमेत गर्नेछ भन्ने मेरो विश्वास छ”, मन्त्री पुनले भने।

नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौँ आएका गभर्नर चेङगफा नेतृत्वको आठ सदस्यीय प्रतिनिधिमण्डलले ऊर्जामन्त्री पुनसहित मन्त्रालयका अधिकारीसँग छलफल गरेको हो । छलफलमा ऊर्जा क्षेत्रमा गर्ने लगानी, पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्नेबारेमा छलफल भएको थियो । मन्त्री पुनले तामाकोशी तेस्रो जलविद्युत् आयोजनामा युनानको प्रान्तीय सरकारले नै लगानी गर्ने खबर आफूले प्राप्त गरेको भन्दै अन्य जलविद्युत् परियोजनामा पनि लगानी गर्न आग्रह गरे।

“तामाकोशी तेस्रो जलविद्युत् परियोजनामा युनान सरकारको ८० प्रतिशत लगानी रहेको जानकारी प्राप्त भएको छ । त्यसका लागि धन्यवाद दिन चाहन्छु । पछिल्लो समय चीनसहित विश्वका विभिन्न देशका लगानीकर्ताको सङ्ख्या धेरै छ”, मन्त्री पुनले भने । उनले सरकारले जलविद्युत्को क्षेत्रमा उदार नीति लिएको भन्दै नेपालको जलविद्युत्मा थप लगानीका लागि पहल गरिदिन आग्रह गरे।

मन्त्री पुनले भने, “हामीले जलविद्युत् क्षेत्रमा लचिलो नीति लिएका छौँ, पहिलो दश वर्षमा आयकरसमेत छुट हुने प्रावधान छ । नेपालभित्र खपतका लागि बजारको विस्तार पनि हुँदै गएको छ । भारत, कोरिया, चीन लगायतका देशबाट पनि लगानीकर्ता आइरहेका छन् । हामी युनानबाट पनि थप लगानी होस् भन्ने आशा राख्छौँ ।”

बङ्गलादेश र भारतमा विद्युत् व्यापारका लागि ढोका खोलेको भन्दै नेपालमा पनि बजार निर्माण भइरहेको मन्त्री पुनको भनाइ थियो । उहाँले चार वर्षभित्र पाँच हजार मेगावाट बिजुली उत्पादन हुने जानकारी दिँदै नेपालले जलविद्युत्को क्षेत्रमा आमूल प्रगति भइरहेको बताउनुभयो । मन्त्री पुनले सरकारले २०२० लाई भ्रमण वर्ष मनाउने निर्णय गरेको भन्दै युनान प्रान्तका जनतालाई नेपाल भ्रमणका लागि सन्देश प्रवाह गरिदिन आग्रह गरे ।

भेटमा युनान प्रान्तका गभर्नर चेङगफाले आफू पनि चिनियाँ राष्ट्रपतिको भ्रमणपछि नेपाल भ्रमणमा आएको भन्दै युनान प्रान्तको सरकार नेपालमा कृषि, ऊर्जा, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताए ।

गभर्नर चेङफाले तामाकोशी तेस्रो जलविद्युत् आयोजनामा युनान सरकारले लगानी गरेको भन्दै यो आयोजना शुरुआत मात्र भएको र आगामी दिनमा युनानले जलविद्युत् क्षेत्रमा थप लगानी गर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १० : ५८ बजे

आज २०८२ साल कात्तिक १ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १ गते शनिबार। कात्तिक

कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको

नेपाल वायुसेवा निगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी

काठमाडौं – नेपाल वायुसेवा निगमले २०८२ असोज मसान्तसम्मको जहाजको ऋण

दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षी सीसँग भेट्ने ट्रम्पको भनाइ

वासिङ्टन – दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका

पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआइ विषयमा स्तानक कार्यक्रम सञ्चालन

काठमाडौं – पोखरा विश्वविद्यालयले पहिलोपटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र