एम्बाप्पेले भने- यसबर्षको बालेन डी ओर जित्न लायक छैन « Khabarhub

एम्बाप्पेले भने- यसबर्षको बालेन डी ओर जित्न लायक छैन


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार केलियन एम्बाप्पेले आफु यसबर्षको बालेन डी ओर जित्नका लागि लायक नभएको बताएका छन् । उनले करियरको अगामी दिनमा सो सम्मान हासिल गर्न सकिने बताएका हुन् ।

२० बर्षिया खेलाडी एम्बाप्पे अवार्डको प्रारम्भिक सुचिमा रहेका छन् । लिभरपुलका भर्जिल भान डिजिक, बार्सिलोनाका लियोनल मेस्सी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो अवार्डका मुख्य दाबेदार हुन् ।

एम्बाप्पेले यस बर्षको अवार्ड जित्ने आफ्नो सम्भावना पातलो रहको उल्लेख गरेका छन् । बालेन डी ओर जित्ने सम्भावाबारे एम्बाप्पेले भनेका छन्, ‘म निकै व्यवहारिक हुनुपर्छ । म यसको लायक छैन । त्यहाँ तीन खेलाडी यसको मुख्य दाबेदार हुन् ।’

‘पीएजीमा हामीले सबै उपाधि जित्न सकेनौ । र च्याम्पियन्स लिगमा खराब नतिजा ब्यहोर्यौ ।’ उनले भनेका छन् । ‘व्यक्तिगत रुपमा मैले धेरै अवार्ड जितेको छु । तर फुटबल एक्लै खेलिदैन । यसलाई स्विकार गर्नैपर्छ ।’ उनले थपे ।

‘यो जित्न मसंग अझै समय छ । म आत्तिएको छैन । यसले मलाई दुखी बनाउँदैन,’ एम्बाप्पले भनेका छन् । उनले सन् २०१९ मा पीएसजीबाट लिग वानको उपाधि जितेका थिए । तर पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा म्यान्चेष्टर युनाईटेडबाट निराश भएको थियो ।

च्याम्पियन्स लिगको उपाधि जितेका डिजिक अवार्डका मुख्य दोबदार हुन् । उनको क्लब लिभरपुल प्रिमियर लिगमा दोस्रो बनेको थियो । यस्तै बार्सिलोनाका मेस्सी समेत छैटौ पटकका लागि अवार्डको मुख्य दाबेदार मानिएका छन् ।

व्यक्तिगत रुपमा सबै प्रतियोगितामा क्लबबाट ५० गोल पुरा गरेका उनले ला लिगाको उपाधि रक्षा गरेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ६ : ३१ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६