बढ्यो लगानी आकर्षण : साढे १ अर्ब आन्तरिक लगानी, साढे १५ अर्ब वैदेशिक लगानी प्रतिबद्धता « Khabarhub

बढ्यो लगानी आकर्षण : साढे १ अर्ब आन्तरिक लगानी, साढे १५ अर्ब वैदेशिक लगानी प्रतिबद्धता


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगानी वातावरण सुधार गर्नका लागि नीतिगत तथा व्यावहारिक सुधारमा सरकारले तीव्रता दिएसँगै नयाँ उद्योग दर्ता र वैदेशिक लगानी प्रतिबद्धता पनि बढेको छ ।

चालू आर्थिक वर्ष २०७६/०७७ को पहिलो चार महिनामा मात्रै नेपालमा एक खर्ब ३९ अर्ब १९ करोड रुपियाँ लगानीका १३ हजार ११६ उद्योग दर्ता भएको उद्योग विभागको तथ्याङ्कले देखाउँछ । गत वर्षको सोही अवधिमा एक खर्ब नौ अर्ब ४३ करोड रुपियाँ लगानी थपिएको थियो । यसअनुसार चार महिनामा गत वर्षभन्दा ३० अर्ब रुपियाँ बढी लगानी भएको हो ।

गत चौमासिकमा औद्योगिक क्षेत्रमा विदेशी लगानी पनि उच्चदरले बढेको देखिएको छ । गत वर्ष पहिलो चौमासिकमा विभागले आठ अर्ब ४८ करोड रुपियाँको लगानी स्वीकृति दिइएकामा यो वर्ष करिब दोब्बर हुँदै १५ अर्ब ७७ करोड पुगेको देखिएको छ ।

लगानी बोर्डले गत आर्थिक वर्षको पहिलो चार महिनामा ३८ अर्ब ६४ करोडको स्वीकृति दिएको थियो तर अहिले यो परिमाण बढेर ६६ अर्ब ८० करोड पुगेको हो । यो अवधिमा १०४ उद्योगमा वैदेशिक लगानीका लागि स्वीकृति दिइएको थियो ।

विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाका अनुसार उद्योग दर्ता तथा लगानीमा उल्लेख्य प्रगति देखिनुमा राजनीतिक स्थिरता र त्यसले लगानीकर्तामा बढाएको मनोबल पहिलो कारण हो ।

यो वर्ष थपिएका उद्योगमा ठूला उद्योग २८, मझौला उद्योग ४९ र लघु घरेलु तथा साना उद्योगको सङ्ख्या १३ हजार ३८ छन् । लगानी बोर्ड मातहत एउटा उद्योग दर्ता भएको छ । उद्योग विभागले विदेशी लगानी स्वीकृति दिएका १०३ उद्योगमध्ये साना उद्योगतर्फ ५७ उद्योगमा पाँच अर्ब ७८ करोड, मझौलातर्फ ४४ उद्योगका लागि नौ अर्ब २४ करोड र ठूला दुई उद्योगमा ७५ करोड रुपियाँबराबरको विदेशी लगानीको स्वीकृति दिएको छ ।

उत्पादन, सेवामूलक र पर्यटन नेपालमा लगानी आकर्षित गर्ने क्षेत्र हुन् । गत असार मसान्तसम्म उद्योग विभागमा उत्पादनमूलक तीन हजार ७०, सेवामूलक दुई हजार १८७, पर्यटनमा एक हजार ७३२, कृषि तथा वन पैदावारमा ४६९, ऊर्जामूलकमा ३७६ उद्योग दर्ता भएको तथ्याङ्क छ । यीमध्ये विदेशी लगानीसमेत भएका सेवामूलक एक हजार ६१०, पर्यटनका एक हजार ५०३ र उत्पादनमूलक एक हजार १६७ उद्योग छन् ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ७ : १४ बजे

पर्सामा एक सय किलो गाँजा बरामद

काठमाडौं- जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल

विश्वविद्यालय पढ्ने विद्यार्थीका लागि काठमाडौं महानगरको ‘अर्न ह्वाइल यू लर्न’ कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ‘अर्न ह्वाइल यू

विश्वकप इतिहासमै कतारले जोड्यो पहिलो अंक

काठमाडौं- फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत सन फ्रान्सिस्कोस्थित

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको