अछामको रामारोशन किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै « Khabarhub

अछामको रामारोशन किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

अछाम– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य लिएर ऐतिहासिक क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

शुभ दीपावली तथा छठ पर्वको पावन अवसर पार्दै रामारोशन गाउँपालिका–५ स्थित किनिमिनी पाटनमा ‘रामारोशन प्रिमियर लिग (सिजन–२)’ खुला क्रिकेट प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

रामारोशन एड्भेन्चर एन्ड इको स्पोर्ट क्लबको आयोजनामा हुन लागेको यो प्रतियोगिता यही कात्तिक १३ गतेदेखि सुरु हुने आयोजक क्लबका अध्यक्ष लक्ष्मण बोहराले जानकारी दिए । रामारोशनको प्राकृतिक सुन्दरता र शान्त वातावरणलाई खेलकुदका माध्यमबाट देश–विदेशमा चिनाउन यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

यस प्रतियोगितालाई अछामको इतिहासमै सबैभन्दा ठूलो धनराशिको क्रिकेट प्रतियोगिताका रूपमा अघि सारिएको छ । प्रथम हुने टोलीलाई मेडल प्रमाणपत्रसहित दुई लाख र दोस्रो हुने टोलीलाई मेडल प्रमाणपत्रसहित एक लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा देशभरिका क्रिकेट क्लबहरूले सहभागिता जनाउने छन् । हिमालका सुन्दर ताल, विशाल पाटन र मनोरम दृश्यहरूबीच हुने यस प्रतिस्पर्धाले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई पनि आकर्षित गर्ने विश्वास स्थानीयवासी र सरोकारवालाहरूले लिएका छन् ।

खेलकुदको उद्घाटनको दिन स्थानीय कला संस्कृति पञ्चेबाजा, देउडा, हुड्क्यौली, भुवो पनि प्रदर्शन हुने र जसले गर्दा पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ । खेलकुद हुन लागेको किनिमिनी मैदान रामारोशन क्षेत्रकै सबैभन्दा ठूलो घाँसेमैदान हो ।

खेलकुद प्रतियोगिता आयोजनाका लागि क्लबले रामारोशन गाउँपालिका, रामारोशन पर्यटन विकास समितिलगायत विभिन्न स्थानीय तह र सहयोगीदाताबाट आर्थिक रकम सङ्कलन भइरहेको क्ल्बले जनाएको छ ।

रामारोशन क्षेत्र पछिल्लो समय पेसा–व्यवसायमा व्यस्त भई चाडपर्वको समयमा गाउँ आएका व्याक्तिहरुका लागि पर्यटकीय गन्तव्य बनेको छ । त्यस्तै, रामारोशनमा पारिवारिक भ्रमण, संस्थागत भ्रमणमा आउनेहरुको पहिलो रोजाइको गन्तव्य रामारोशन हो । अहिले दैनिक जसो सयाँैको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु रामारोशन घुम्न आउने गरेका छन् ।

ठाउँ सुन्दर ,रमणिय र मनमोहक भएता पनि पर्याप्त पूर्वाधार बन्न नसकेको र पर्यटन क्षेत्रमा आउने जयगढ–रामारोशन सडक खण्ड निर्माण नहुँदा निकै सास्ती खेप्नु परेको पर्यटकहरुले गुनासो गर्ने गरेको रामारोशन पर्यटन विकास समितिका कार्यकारी अधिकृत पूर्णबहादुर विकले बताए ।

रामारोशनलाई पहिलो गन्तव्य बनाएर धेरै जसो पर्यटकहरु पोखरा, चितवन, काठमाडौँ र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट पर्यटकहरु घुम्न आउने गरेको विकको भनाइ छ ।

‘बाह्र बण्ड अठार खण्ड’ का नामले प्रसिद्ध रामारोशनमा १२ ठूल्ठूला तालहरु र १८ वटा ठूला घाँसेमैदान रामारोशनका आकर्षण हुन् । रामारोशन धार्मिक र पर्यटकीय रुपमा निकै महत्वपूर्ण क्षेत्र मानिन्छ ।

धार्मिक रुपमा रामारोशन क्षेत्रमा विभिन्न देवीदेवताहरुको बास भएको र प्राचीन कालमा शिवपार्वतीले रामारोशनमा तपस्या गरेको किंवदन्ती रहेको छ । त्यसैले रामारोशनलाई देव, पुण्यभूमि पनि भनिन्छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  १० : २६ बजे

कुहिरोको घुम्टोभित्र हराएको मानुङकोट, बढ्न थाल्यो आन्तरिक पर्यटकको चहलपहल

दमौली– बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको

शुक्रबारसम्म देशका विभिन्न भू-भागमा मौसम बदली हुने, वर्षा र हिमपातको सम्भावना

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनता भेट्न मन्त्री जानुपर्छ : भूमिमन्त्री

चितवन– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

अर्घाखाँची– हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै नागरिकताको प्रतिलिपि दिइँदै

रसुवा– नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका