अस्पतालले पाएको ८ करोडको मेसिन ३ वर्षदेखि स्टोरमै « Khabarhub

अस्पतालले पाएको ८ करोडको मेसिन ३ वर्षदेखि स्टोरमै


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारी अस्पतालले किनेका र अनुदानमा पाएका कतिपय महँगा उपकरण प्रयोग भएका छैनन् । बिग्रिएका उपकरण बनाइको छैन भने कतिपय नयाँ उपकरण जडानसमेत नभएको नयाँ पत्रिकामा खबरछ । भारतले अस्पताललाई दिएको ८ करोडको मेसिन ३ महिनादेखि स्टोरमै शीर्षकको समाचारमा भारतीय सहयोगको ट्रमा सेन्टर शिलान्यास भएको १२ वर्षमा निर्माण सम्पन्न भयो । १७ वर्षमा उद्घाटन भयो । तर, मुटुको उपचार गर्न सेन्टरलाई भारतले नै दिएको क्याथ ल्याब तीन वर्षदेखि स्टोरमा थन्किएको छ । यो खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको छ ।

क्यान्सरको उपचार गर्न ४० करोडमा खरिद गरिएको अत्याधुनिक मेसिन वीर अस्पतालमा जडान हुन सकेको छैन् । यो पनि चार महिनादेखि सशस्त्र प्रहरीको गोदाममै छ । चार वर्षअघि सञ्चालनमा आएको ट्रमा सेन्टरमा सिटी स्क्इान मेसिन बिग्रिएको अढाई वर्ष भयो । ६ महिनादेखि इमर्जेन्सीको एक्सरे पनि बिग्रिएको छ । घाइतेलाई अस्पताल ल्याउनासाथ निजीतिर पठाइन्छ । त्यस्तै ट्रमा सेन्टरका निमित्त निर्देशक डा विनोद शेरचनका अनुसार इमर्जेन्सी एक्सरे ६ महिनादेखि नै बन्द छ ।

श्रीमतीलाई भान्से राखेर तलब खुवाएका उपमेयरले फिर्ता गरे ९६ हजार शीर्षकको समाचारमा सरकारी रकमले निजी घर रंग्याउने र सालीलाई भान्से राख्ने मेयर छत्रपति प्याकुरेलले जानी नजानी भएका गल्ती र कमिकमजोरीलाई सच्याउँदै अघि बढ्ने बताएका छन् । त्यस्तै फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराईले श्रीमतीलाई भान्से बनाएर खुवाएको तलब फिर्ता गरेका छन् ।

त्यस्तै १८ निकायका कर्मचारीलाई फेरि अतिरिक्त भत्ता बाँडिएको, मजदुरका नाममा कम्पनी खोलेर १ अर्ब ७५ करोड कर छली गरेको, ५ सय फर्मले ३ अर्बभन्दा बढी राजश्व छलेको शंका गरिएको लगायतका खबर मुख्य रुपमा छापिएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ६ : २१ बजे

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार