ट्रम्पमाथिको महाअभियोग प्रकरण : अनुसन्धानमा ह्वाइटहाउसका अधिकारीले पनि सहयोग गर्नुपर्ने « Khabarhub

ट्रम्पमाथिको महाअभियोग प्रकरण : अनुसन्धानमा ह्वाइटहाउसका अधिकारीले पनि सहयोग गर्नुपर्ने


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अधिकारीले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानमा सहयोग गर्नु पर्ने भएको छ ।

संघीय अदालतका न्यायाधीशले ह्वाइट हाउसका अधिकारीले संसद समक्ष बयान दिनु पर्ने फैसला गरेका छन् । ट्रम्प प्रशासनका अधिकारीले भइरहेको अनुसन्धानमा सहयोग गरिरहेका थिएनन् ।

अदालतको निर्देशनात्मक आदेश विशेष रुपमा ह्वाइट हाउसका पूर्व काउन्सिल डन म्यागानमा लागु हुनेछ । सन् २०१६ को चुनावमा रुसले दखल दिएको सम्बन्धमा भएको अनुसन्धानको क्रममा उनलाई सुनुवाइको लागि बोलाइएको थियो । अमेरिकी संसदले उनलाई गएको मे मा बयानका लागि उपस्थित हुन आदेश दिएको थियो तर उनले अस्वीकार गरेका थिए ।

अब अदालतले निर्देशनात्मक आदेश जारी गरेपछि भने उनी उपस्थित हुनु पर्नेछ । तर अदालतको आदेश विरुद्ध अपिल गर्ने तयारी भएको न्याय विभागका प्रवक्ताले बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

सन् २०१८ को अक्टोबरमा पद छोडेका डनलाई गएको मेमा संसदको न्यायीक समितिले बयानका लागि बोलाएको थियो । सन् २०१६ को चुनावमा रुसी दखलका सम्बन्धमा अनुसन्धान गरिरहेका विशेष काउन्सिल रोबर्ट मुलरलाई निष्कर्ष बिहीन प्रतिवेदन तयार पार्न दबाब दिएको भन्ने सम्बन्धी प्रश्नको जवाफ खोज्ने क्रममा न्यायीक समितिले बोलाएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  १२ : ०४ बजे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि