सरकारले लक्ष्य घटयो, बजेट अनुसार न खर्च पनि भएन, राजश्व पनि उठेन « Khabarhub

सरकारले लक्ष्य घटयो, बजेट अनुसार न खर्च पनि भएन, राजश्व पनि उठेन


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले यस वर्षको बजेटमा निर्धारित खर्च, राजश्व संकलन, वैदेशिक ऋण र अनुदान परिचालनको लक्ष्य घटाएको छ । साउनदेखि पुससम्मको प्रगति उल्लेख्य हुन नसकेको देखाउँदै अर्थमन्त्रालयले बजेटको मध्यावधि समीक्षामार्फत मंगलबार लक्ष्यहरु घटाएको कान्तिपुर दैनिकमा खबर छ ।

बजेटकै लक्ष्य हाराहारी पुग्ने गरी काम गरिरहेको बताउँदै अर्थमन्त्री डा युवराज खतिवडाले उपलब्धी यो भन्दा धेरै हुने बताएका छन् । सरकारले पुँजीगत खर्च १४.५ प्रतिशत, चालू खर्च ५.६, वित्तीय व्यवस्थापन खर्च १३ प्रतिशतले घटाएको छ । यसले समग्र लक्ष्य ८.८ प्रतिशत कम हुने अनुमान गरिएको छ ।

फेरि नक्कली भ्याट बिल शीर्षकको समाचारमा ८ वर्षअघि छानबिन र कारबाहीपछि रोकिएको नक्कली भ्याट बिल बनाउने धन्दा फेरि सुरु भएको पाइएको छ । राजस्व अनुसन्धान विभागले पछिल्लो सय २४ वटा व्यवसायिक र्फमविरुद्ध १ अर्ब ७५ करोड रुपैयाँ बिगो कायम गरी जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । १६ कम्पनीमाथि अनुसन्धान भइरहेको छ ।

सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको अभियागमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लवविरुद्ध रोल्पामा मुद्दा दायर भएको छ । दाङ र रोल्पामा गरी ६ जिल्ला नेता पक्राउ परेका छन् ।

त्यस्तै प्रदेश सरकारले कर्णालीलाई प्रारंगरिक प्रदेश बनाउन कानुनी प्रक्रिया शुरु गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले संसदमा प्रांगरिक कृषिसम्बन्धी विधेयक दर्ता गरेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ६ : ४८ बजे

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

काठमाडौं– एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य

सङ्क्रमणकालीन न्याय र जेन-जीका फाइल खोल्न सरकारलाई बाँस्कोटाको आग्रह

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बाँस्कोटाले लामो

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री

रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको

संसद्‍मा ध्रुवराज राईले भने- ‘कुरा त्यही हजुर, धन्यवाद’

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले यसअघिका बैठकमा आफूले