इजरायलमा यहुदी–अरब सहकार्यको माग « Khabarhub

इजरायलमा यहुदी–अरब सहकार्यको माग


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि बहुमत जुटाउने प्रयास भइरहेका बेला अरब दलहरूले विपक्षी समूहसँग सहकार्य गर्ने सङ्केत दिएका छन् । यहुदी र अरब समुदायको साझेदारीमा नयाँ सरकार बनाउन पनि दबाब बढेको छ ।

प्रारम्भिक अनुमानअनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले २६ सिट जित्ने देखिएको छ । उनको गठबन्धनले ५३ सिट पाउने अनुमान छ, जुन बहुमतका लागि आवश्यक ६१ सिटभन्दा कम हो । विपक्षी दलहरूले ४८ र अरब दलहरूले १९ सिट जित्ने अनुमान गरिएको छ । 

अहिले निर्वाचन आयोगले सैनिक, कैदी, स्वास्थ्यकर्मीलगायतका मतदाताको ‘दोहोरो खाम’ मा रहेका मतपत्र गणना गरिरहेको छ । बुधबार राति डेमोक्रेट्स पार्टीको नेतृत्वमा प्रदर्शनकारीहरूले यहुदी–अरब संयुक्त सरकार गठन गर्न माग गरेका थिए । पार्टीले समानता, न्याय र शान्तिमा आधारित भविष्यका लागि अरब दलसँग सहकार्य गर्न विपक्षी नेताहरूलाई आह्वान गरेको छ ।

डेमोक्रेट्सका नेता यायर गोलानले परिवर्तनको सरकार गठन गर्न विपक्षी समूहसँग बहुमत रहेको दाबी गर्दै अरब दलसँग वार्ता गर्न आग्रह गरेका छन्। उनले त्यसका लागि साहसी नेतृत्व आवश्यक रहेको बताए।

अरब दलहरूको संयुक्त सूचीले पनि नेतान्याहुको सरकारको विकल्प बनाउन राजनीतिक सहकार्य गर्न तयार रहेको जनाएको छ । उसले अरब समुदायको अधिकारको मान्यता, विभेदकारी नीतिमा परिवर्तन र समानतामा आधारित साझेदारीको माग गरेको छ ।

विपक्षी नेता गदी आइसेनकोटले प्यालेस्टाइनसम्बन्धी नीति र इरानविरुद्धको कारबाहीजस्ता विषयमा सहमति जुटाउन चुनौती रहे पनि नयाँ सरकार गठनको प्रयास जारी राखेका छन् । उनले वर्तमान सरकारप्रति जनताको अविश्वास बढेको दाबी गरे।

राष्ट्रपति आइज्याक हर्जोगले राजनीतिक दलहरूलाई पुनः निर्वाचनको सम्भावना टार्न आग्रह गरेका छन्। नेतान्याहुलाई सत्ताबाट बाहिर राख्ने विषयमा विपक्षी दलहरूबीच सहकार्यको सम्भावना रहे पनि नीतिगत मतभेद समाधान गर्नु चुनौतीपूर्ण देखिएको छ । 

नेतान्याहुले पनि नयाँ राजनीतिक समीकरण बनाएर सरकार गठन गर्ने सम्भावना कायमै छ ।
 

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  १ : १४ बजे

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७

विराटनगरका रसेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

विराटनगरले गुमायो पाचौँ विकेट, म्याथ्युज आउट

नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र

जनता र पार्टीलाई जोड्न मंसिरभरि देशव्यापी अभियान सञ्चालन गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जनता र पार्टीलाई जोड्नका