च्याम्पियन्स लिग फुटबलः बार्यनको जितमा लेवान्डोस्कीले गरे चार गोल « Khabarhub

च्याम्पियन्स लिग फुटबलः बार्यनको जितमा लेवान्डोस्कीले गरे चार गोल


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- च्याम्पियन्स लिग फुटबलमा बार्यन म्युनिखले शानदार जित हासिल गरेको छ ।  मंगलबार राति सर्बियाको रेल स्टार बेलग्रेडलाई बार्यनले ६–० गोल अन्तरले हराएको हो ।

बार्यनको जितमा रोबर्ट लेवान्डोस्की एक्लैले चार गोल गरे । उनले च्याम्पियन्स लिगमा सबै भन्दा चाँडो चार गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाए ।

उनले १४ मिनेट ३१ सेकेन्डमा चार गोल पुरा गरेका हुन् । समूह चरणमा लगातार ९ खेलमा गोल गर्ने उनी दोस्रो खेलाडी बने ।

खेलमा अग्रता बार्यनले १४ औ मिनेटमा लियोन गोत्र्जकाको गोलबाट लिएको थियो । ५३ औ मिनेटमा पेनाल्टीमा पहिलो गोल गरेका लेवान्डोस्कीले ६० औ मिनेटमा दोस्रो र ६४ औ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए । उनले ६७ औ मिनेटमा व्यक्तिगत रुपमा चौथो गोल गर्दै क्लबलाई फराकिलो अग्रता दिलाएका थिए ।

खेल सकिन एक मिनेट बाँकी छदाँ कोरेन्टिन टोलीसोले बार्यनका लागि छैटौं गोल गरे । लेवान्डोस्कीले यस सिजन क्लब र देशका लागि ३० गोल गरे । उनले सबै प्रतियोगितामा २४ खेल खेल्दा सो गोल गरेका हुन् । उनले च्याम्पियन्स लिगको समूह चरणमै १० गोल गरे ।

बार्यनले शीर्ष स्थानम रहँदै च्याम्पियन्स लिगको समूह चरण पार गर्ने टुङ्गो लगायो । उसले ५ खेलबाट १५ अंक बनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ६ : ३९ बजे

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ