च्याम्पियन्स लिग फुटबलः बार्यनको जितमा लेवान्डोस्कीले गरे चार गोल « Khabarhub

च्याम्पियन्स लिग फुटबलः बार्यनको जितमा लेवान्डोस्कीले गरे चार गोल


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- च्याम्पियन्स लिग फुटबलमा बार्यन म्युनिखले शानदार जित हासिल गरेको छ ।  मंगलबार राति सर्बियाको रेल स्टार बेलग्रेडलाई बार्यनले ६–० गोल अन्तरले हराएको हो ।

बार्यनको जितमा रोबर्ट लेवान्डोस्की एक्लैले चार गोल गरे । उनले च्याम्पियन्स लिगमा सबै भन्दा चाँडो चार गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाए ।

उनले १४ मिनेट ३१ सेकेन्डमा चार गोल पुरा गरेका हुन् । समूह चरणमा लगातार ९ खेलमा गोल गर्ने उनी दोस्रो खेलाडी बने ।

खेलमा अग्रता बार्यनले १४ औ मिनेटमा लियोन गोत्र्जकाको गोलबाट लिएको थियो । ५३ औ मिनेटमा पेनाल्टीमा पहिलो गोल गरेका लेवान्डोस्कीले ६० औ मिनेटमा दोस्रो र ६४ औ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए । उनले ६७ औ मिनेटमा व्यक्तिगत रुपमा चौथो गोल गर्दै क्लबलाई फराकिलो अग्रता दिलाएका थिए ।

खेल सकिन एक मिनेट बाँकी छदाँ कोरेन्टिन टोलीसोले बार्यनका लागि छैटौं गोल गरे । लेवान्डोस्कीले यस सिजन क्लब र देशका लागि ३० गोल गरे । उनले सबै प्रतियोगितामा २४ खेल खेल्दा सो गोल गरेका हुन् । उनले च्याम्पियन्स लिगको समूह चरणमै १० गोल गरे ।

बार्यनले शीर्ष स्थानम रहँदै च्याम्पियन्स लिगको समूह चरण पार गर्ने टुङ्गो लगायो । उसले ५ खेलबाट १५ अंक बनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ६ : ३९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै