युभेन्ट्सले एट्लेटिको मड्रिडलाई १-० ले हरायो « Khabarhub

युभेन्ट्सले एट्लेटिको मड्रिडलाई १-० ले हरायो


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले एट्लेटिको मड्रिडलाई हराएको छ । मंगलबार राति भएको खेलमा सिरि ए क्लब युभेन्ट्सले स्पेनिस क्लब एट्लेटिकोलाई १–० ले हराएको हो ।

युभेन्ट्सका पाउलो ड्याबालाको फ्रिकिक गोल एट्लेटिकोलाई हराउन पर्याप्त बन्यो । पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दै ड्याबलाले युभेन्ट्सलाई जित दिलाएका हुन् ।

अघिल्लो खेलमा आराम गरेको क्रिस्टियानो रोनाल्डोले पुरा ९० मिनेट मैदानमा बिताएका थिए । एटलान्टाविरुद्वको अघिल्लो खेलमा युभेन्ट्सले रोनाल्डोलाई आराम दिएको थियो ।

समूह डीमा युभेन्ट्सले शीर्ष स्थानमा रहँदै अघिल्लो चरण प्रवेश गर्ने निश्चित गर्‍यो। युभेन्ट्सले ५ खेलबाट १३ अंक जोड्यो । एट्लेटिको मड्रिड ७ अंक सहित दोस्रो स्थानमा छ ।

एट्लेटिकोको अघिल्लो चरण प्रवेशको सम्भावना अझै छ । क्लबले अर्को महिना रुसको लोकोमोटिभ मस्कोसंग खेल्नेछ । सो खेलमा जित हासिल गरेको अवस्थामा स्पेनिस क्लब समेत नकआउट चरणमा पुग्नेछ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ६ : ५२ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव