के हो असुरो ? यस्ता हुन्छन् औषधीय गुण « Khabarhub

के हो असुरो ? यस्ता हुन्छन् औषधीय गुण


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

नेपालमा १२०० मिटर सम्मको उचाइमा पाइने असुरो वनमा पाइने जडिबुटी हो । आयुर्वेदमा यसको महत्वको विषयमा विशेष चर्चा हुन्छ ।

यो औषधीय गुण भएको बुट्यान वर्गमा पर्ने वनस्पति हो। विभिन्न औषधीय गुण हुने असुरको प्रयोग गर्दा रोगीको क्षमता र मात्राको संयोजन नमिलेमा हानिकारक पनि हुन सक्छ।

असुरोको बोट बन-जंगल, धाराको छेउछाउ साथै खुल्ला ठाउँहरुमा पाइन्छ । असुरोको बुटा प्रायः १ मिटर भन्दा अग्लो हुन्छ
र बढीमा २.५ मिटर सम्म अग्लो हुन्छ। यसको पातको लम्बाई २० सेन्टिमिटर र चौडाई ७.५ से.मी.सम्म हुन्छ।

पातको किनारा धारिलो हुन्छ । फूलहरू एउटै डाँठमा गुच्चमुच्च हुन्छन्। फूलको रंग सेतोमा प्याजी नसाका धर्का देखिन्छ। वन औषधिको नामले पनि असुरोलाई चिनिन्छ। एकपटक उम्रिसकेपछि प्राय नाश नहुने असुरो खेतवारी एवं कान्लाहरुमा पनि प्रशस्तै पाइन्छ।

श्वासमार्गमा जमेर रहेको कफलाई यसले सजिलै बाहिर निकाल्न  मद्दत पु¥याउँछ । गाउँघरमा असुराको पातलाई सुकाएर चिलिममा राखेर तमाखु जसरी खाने गरिएको पाइन्छ ।

यसको हरियो पातको रस निचोरेर मह वा अदुवाको रससँग खाँदा पुरानो खोकी र दम पनि निको हुन्छ। असुरोलाई आउँ तथा मासी परेको बेलामा मिश्रीसँग मिलाएर खाँदा फाइदा गर्छ।

त्यस्तै धेरै दिनदेखि आएको ज्वरोमा चिराइतो कुट्की र पिपलासँग मिलाएर यसको प्रयोग गर्न सकिन्छ। पात वा फूलको रस १० मिली र सुपको रूपमा ४० देखि ८० मिलि प्रयोग गर्न सकिन्छ। यसको पात र जरा विशेष गरेर खोकी थाम्ने औषधीहरूमा प्रयोग गरिन्छ।

आयुर्वेदअनुसार यसको प्रयोग घाँटी दुख्ने, हृदयरोग, दम, ज्वरो, कमलपित्त इत्यादिमा प्रयोग गरिन्छ। तर असुरोको प्रयोग गर्दा रोगीको क्षमता र मात्राको संयोजन भने मिलाउन आवश्यक रहन्छ ।

कस्तो अवस्थामा असुरोको प्रयोग गर्ने ?

रुघा, खोकी, दम, बाथ, ज्वरो, पिसाव पोलेमा, पित्तथैलीमा गडबडी देखिएमा, हृदयरोग, जण्डिस, नाक र मुखबाट रगत बगेमा, विकार रक्तको शुद्धीकरण, पेटमा जुका परेमा, छातीको रोग, क्षयरोग, ब्रोङकाइटिस, जोर्नी दुखेमा वा सुन्निएमा, घाँटी दुखेमा, आँखा पोलेमा, जीउ र काँखी गन्हाएको अवस्थामा समेत यसको प्रयोग गर्न सकिन्छ ।

यसको पातबाट काढा पकाएर सेवन गरिन्छ। चर्मरोगमा पातको लेदो दलिन्छ। शरीरमा रक्त प्रवाह बढाउन यसको फूलको सेवन गरिन्छ। साथै असुरोबाट जैविक बिषादी र हरियो मल बनाइन्छ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ६ : ०७ बजे

कान्स अवार्ड जित्ने फिल्मको टोलीलाई सरकारले सम्मान गर्ने

काठमाडौं – कान्स चलचित्र महोत्सवमा दोस्रो महत्त्वपूर्ण प्रतिस्पर्धामा ‘अन सर्टेन

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान

रास्वपाकी सांसदको अनौठो चिन्ता : राम्री भएकैले मेरो धेरै आलोचना गरियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले पूर्वगृहमन्त्री सुधन गुरुङसँग

१५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप आयोजना हुने

काठमाडौं– काठमाडौंमा आगामी जेठ १५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर

जातीय उत्पीडनविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं– जात व्यवस्थाले निम्त्याएको तहगत उत्पीडन, शृंखलाबद्ध हत्या र ऐतिहासिक