माडी प्रदेश सरकारको प्राथमिकतामा : मन्त्री नेपाल « Khabarhub

माडी प्रदेश सरकारको प्राथमिकतामा : मन्त्री नेपाल


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- प्रदेश नं ३ का पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले माडीको विकासलाई प्रदेश सरकारले प्रथमिकतामा राखेको बताए ।

माडीको सोमेश्वरगढीमा भएको राष्ट्रिय प्रस्तर मूर्ति कार्यशालाको समापन गर्दै उनले यहाँको पर्यटन प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने उल्लेख गरे ।

स्थानीय तह र प्रदेश सरकारको पहलबाट माडीको पर्यटन विकासका लागि काम गर्ने मन्त्री नेपालले बताए ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न माडी सोमेश्वरगढी कोशेढुङ्गा सावित हुने उनको भनाइ थियो । मुलुककै १०० पर्यटकीय गन्तव्यमध्येको एक धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको सोमेश्वरगढीमा मूर्ति कार्यशालाको सिर्जनाले थप सम्भावना उजागर गरेको उनले उल्लेख गरे ।

निकुञ्जको बाटो हुँदै २४सै घण्टा माडी आवतजावतका लागि पहल थालिएको उनले बताए । ‘समस्याको दीर्घकालीन समाधानका लागि मन्त्रिमण्डलीय तथा स्थानीय जनप्रतिनिधिसँग छलफल भएको छ’, उनले भने ।

कार्यक्रममा माडी नगरपालिका नगरप्रमुख ठाकुरप्रसाद ढकालले सोमेश्वरगढीका ५० भन्दा बढी मूर्ति सीमा सुरक्षामा साक्षी रहने विश्वास व्यक्त गरे ।

सम्भावनाको उर्वरभूमि माडीको सोमेश्वरगढीमा राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला सञ्चालनका लागि समन्वय गरेकामा नगरप्रमुख ढकालले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानलाई धन्यवाद दिए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र माडी नगरपालिकाको आयोजनामा गत कात्तिक २३ गतेदेखि उक्त क्षेत्रमा मूर्ति कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा सहभागी चर्चित मूर्तिकारले गढीमा ५० भन्दा बढी परम्परागत, धार्मिक, आधुनिक र समसामयिक मूर्ति कुँदेका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ९ : ३९ बजे

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई

अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८२ को आमनिर्वाचनको परिणामले

अस्वस्थ खानपान र तनावले बढ्यो हृदयघात, कसरी बच्ने ?

काठमाडौँ – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार