दैनिक रुपमा स्याउ खाँदा पुग्छ यस्ता फाइदा | Khabarhub Khabarhub

दैनिक रुपमा स्याउ खाँदा पुग्छ यस्ता फाइदा


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याउ हाम्रो स्वास्थ्यको लागि एकदम गुणकारी छ । स्याउमा हाम्रो शरिरको लागि आवश्यक पर्ने विभिन्न पोषक तत्वह रहेका हुन्छन् ।

स्वास्थ्यका दृष्टिकोणले निकै उपयोगी स्याउलाई केही मानिस बोक्रासहित खान रुचाउँछन् भने केही बोक्रा झिकेर खान रुचाउँछन् । स्याउ एक प्रकारको फलफुलको राजा नै भन्दा पनि हुन्छ खानमा पनि निकै स्वादिलो हुन्छ । खादा गुलियो भएको हुनाले यसलाई केटाकेटिले पनि मन पराउछन् ।

यस्ता छन्, स्याउ खानुका फाइदा

तौल सन्तुलित

शरिरको तौल हरदम फिट राख्न चाहनुहुन्छ भने नियमित स्याउ सेवन गर्नुहोस् । स्याउ नियमित सेवन गर्दा तपाईको पाचन प्रणालीलाई सही राख्छ । यसका साथै शरिरको इम्युनो सिस्टमलाई पनि राम्रो राख्छ । धेरै नसर्ने रोगहरु जस्तै मुटुरोग उच्चरक्तचाप मधुमेह आदि शरीरको तौलसंग सम्वन्धीत हुन्छ । स्याउमा पाइने धेरै फाइबर र कम क्यालोरीले शरीरको तौल नियन्त्रण गर्न मद्दत गर्छ ।

पत्थरी कव्जीयतबाट बचाउँछ

नियमित स्याउ खानाले पत्थरी हुन सक्दैन । स्याउमा भएको फाइबरले झाडा पखलाको बेला धेरै पानी सोसी झाडा पखला नियन्त्रण गर्छ । त्यसैगरी कब्जियत भएको बेला त्यहि फाइबरले कोलनबाट पानी तानी कब्जियत निकोपार्न मद्दत गर्छ ।

सुन्दरता बढाउँछ

स्याउको सेवनले अनुहारमा हुने काला तथा सेता दागहरु हट्छन् । यसबाट अनुहारमा चमक आउँछ । साथै स्याउको प्रतिदिन सेवनले तपाईंको शरीरमा मौजुद रहेको अनावश्यक बोसो बिस्तारै बिस्तारै कम हुन्छ । नियमित सेवनले अनुहारमा भएका कालो धव्वाह पनि हराएर जान्छ र अनुहार सुन्दर देखिन्छ ।

दाँत मजबुत

ब्रस गर्दा पनि दाँत चम्किलो हुँदैन भने दैनिक स्याउ मजाले चपाएर खादा दाँतमा चमक आउने छ । स्याउ चपाँउदा र टोक्दा निस्कने रयालले दाँत सड्नबाट बचाउनुको साथै ब्याक्टेरियाको संख्या घटाउछ ।

एनिमियाको बिरामीलाई फाईदा

एनिमिया रोगको कारण शरिरमा रगतको मात्रा कमी भएर आउँछ र हेमोग्लोविनको मात्रा घट्छ । त्यसको लागि स्याउ खानु अति उत्तम हुन्छ । स्याउमा भएको आइरनले रगतको मात्रा बढाउन सहयोग गर्छ । यस्ता रोगीले दैनिक स्याउ सेवन गर्नु अति उत्तम हुन्छ ।

क्यान्सरको खतरा मुक्त

नियमित सेवन गर्दा पेट तथा स्तनको क्यान्सर हुनबाट बचाउँछ । स्याउले मानिसको शरिरमा रोगसंग लड्ने कोशिकामा तागत प्रदान गर्छ ।

कोलेस्ट्रोल कम

स्याउमा पाईने फाइबरले कोलेस्ट्रोलको मात्रा कम गराउँछ । यसका साथै नियमित स्याउ खाने हो भने डायविटिज हुने सम्भावना पनि २८ प्रतिशतले कमी भएर आउने छ । स्याउको सेवनले शरिरमा ग्लुकोजको मात्रा कमी हुन दिँदैन र इन्सुलिन लिनुपर्ने आवस्यकता पर्दैन ।

कलेजोको शुद्धिकरण

शरीरमा छिर्ने खानामा धेरै विषालु पदार्थहरु रहेका हुन्छन् । त्यसलाई शरीरको रक्तसञ्चार प्रक्रियासम्म पुग्नबाट रोक्ने काम कलेजोले गर्छ । जसले गर्दा कलेजोमा विषालु पदार्थ भरिएको हुन्छ । स्याउ एक त्यस्तो फल हो जसले कलेजोलाई शुद्ध र सफा गर्न मद्दत गर्छ ।

रोेगप्रतिरोधात्मक क्षमता

स्याउमा पाइने क्यूएरसेटिन नामक एन्टी अक्सिडेन्टले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

एल्जाइमर हुन दिदैन

स्याउले मस्तिस्कलाई बुढो हुन दिदैन र हरदम स्वस्थ र तन्दुरुस्त राख्छ । डायबीटीज हुन दिदैन हरेक दिन एक दाना स्याउ खाने मानिसमा टाइप २ डायबीटीज हुने सम्भावना २८ प्रतिशतले कम हुन्छ ।

कोलेस्टेरोल घटाउँछ

स्याउमा पाइने घुलनसिल फाइबर आन्द्राको चिल्लो पदार्थसंग बाधिन्छ र शरीरमा कोलेस्टेटोलको मात्रा कम हुन्छ ।

स्वस्थ मुटु

स्याउमा पाइने फाइबरले धमनीका भित्ताहरुमा कोलेस्टेरोल जम्न नदिइ रक्तसञ्चारलाई स्वस्थ बनाई राख्छ । पित्तथैलीको पत्थरी स् पित्तथैलीमा भएको पित्तमा कोलेस्टेरोलको मात्रा बढी भएमा त्यो जम्न गई पत्थरी हुन्छ । स्याउ खाँदा त्यसमा भएको फाइबरले कोलेस्टेरोलको मात्रा घटाई पित्तथैलीको पत्थरी हुन दिदैन ।

हड्डी बलियो

स्याउमा प्रचुर मात्रामा क्याल्सियम पाइन्छ । त्यसैले प्रतिदिन स्याउको सेवन गर्ने वा यसको जुस पिउँदा हड्डीहरु मजबुत हुन्छन् । जो व्यक्तिहरुको हड्डी मजबुत हुन्छ उसलाई कम थकान महसुस हुन्छ ।

मधुमेहलाई नियन्त्रित गर्छ

स्याउको सेवनले शरीरमा टाइप २ मधुमेहको खतरालाई कम गर्छ । यसमा मौजद तत्वले शरीरुमा ग्लुकोजको कमी पूरा गर्छ । शरीरमा प्रचुर मात्रामा ग्लुकोज हुँदा तपाईंले इन्सुलिन लिनुपर्ने आवश्यकता पर्दैन ।

मोतियाविन्दु

स्याउको सेवनले आँखामा हुने मोतियाविन्दुको समस्याबाट बचाउन मद्दत गर्छ । आँखासम्बन्धि अन्य रोग पनि लाग्न दिँदैन ।

दमका बिरामीलाई गुणकारी

स्याउ वन स्याउको जूसको सेवनले दम रोगीहरुलाई निकै फाइदा मिल्छ । विभिन्न अनुसन्धानहरुबाट पत्ता लागिसकेको छ कि दमको आक्रमण रोक्न स्याउ प्रभावकारी हुन्छ । यसमा पाइने फ्लेवोनोइड्सले फोक्सोको शक्ति बढाउँछ ।

यस्ता छन् ,स्याउको बोक्राको फाईदा

ब्लड सुगर

स्याउ मधुमेहका बिरामीका लागि स्याउ निकै फाइदाजनक मानिन्छ । त्यसमा पनि स्याउको ब्रोका मधुमेहका लागि अझ फाइदाजनक छ । यसले सुगरलाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।

ब्रेन सेल

बोक्रासहितको स्याउको सेवनले दिमाग तेजिलो हुन्छ । साथै, मस्तिष्कको कोषिका ९ब्रेन सेल०लाई स्वस्थ राख्न पनि सघाउ पुर्‍याउँछ ।

मोतियाविन्दु

बोक्रासहितको स्याउको सेवनले आँखामा हुने मोतियाविन्दुको समस्याबाट बचाउनका साथै आँखासम्बन्धि अन्य रोग पनि लाग्न दिँदैन ।

पित्तथैलीको पत्थरी

बोक्रासहितको फाइबरयुक्त स्याउको सेवनले पित्तथैलीमा जमेर बसेको कोलेस्टेरोललाई बाहिर निकाल्न मद्दत गर्छ, जसले गर्दा पित्तथैलीमा पत्थरी हुन पाउँदैन ।

दाँतको सडन

दाँतको पहेंलोपना हटाउन तथा दाँतलाई स्वस्थ राख्न स्याउ निकै उपयोगी मानिन्छ । स्याउमा टुथपेस्टको गुण हुने भएकाले यसलाई चपाएर खानाले दाँतमा अड्किएको जिद्दी दागबाट समेत छुटकारा पाउन सकिन्छ । यस्तै, बोक्रासहित स्याउको सेवनले दातमा क्याभिटी हुनबाट बचाउँछ । त्यसबाहेक गर्भावस्थामा रगतको कमि हुन पाउँदैन ।

क्यान्सर

फाइबर, क्याल्सियम, एन्टि–अक्सिडेन्ट तथा प्लेबिनाइड तथा फाइटोकेमिकल्सले युक्त स्याउको बोक्राले मोटोपना कम गर्नुको साथै कलेजो, स्तन र आन्द्राको क्यान्सरबाट बचाउँछ । अमेरिकन इन्स्टिच्युट अफ क्यान्सरको अध्ययनअनुसार दैनिक एउटा स्याउको सेवनले स्तन क्यान्सरको सम्भावनालाई २३ प्रतिशतसम्म रोक्न सकिन्छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १२ : ०४ बजे

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस