'कालो धन विज्ञ' अमेरिकी प्राध्यापक नै कालो धन थुपारेको आरोपमा पक्राउ | Khabarhub Khabarhub

‘कालो धन विज्ञ’ अमेरिकी प्राध्यापक नै कालो धन थुपारेको आरोपमा पक्राउ


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– लागुऔषध ओसारपसार र नियोजित अपराधबारे किताब लेखेका अमेरिकी विश्वविद्यालयका एकजना प्राध्यापकलाई अधिकारीहरूले कालो धनबाट २५ लाख डलर कमाएको आरोप लगाएका छन् ।

प्राध्यापक ब्रुस बागलेले भेनेजुएलाबाट ल्याइएको कालो धन स्वीट्जरल्याण्ड र यूएईमा रहेका ब्याङ्क खाताहरूबाट प्राप्त गरेको दाबी अभियोजनकर्ताहरूले गरेको बीबीसीले जनाएको छ ।

चार वर्षअघि उनले ड्रग ट्राफिकिङ अर्गनाइज्ड क्राइम एन्ड भायोलेन्स इन द अमेरिकाज टुडे भन्ने पुस्तकको सहलेखन गरेका थिए जसमा “कालो धनको ओसारपसार भरमार चलेको गतिविधि” भनिएको छ।

सीबीएस न्यूजसँग बोल्दै इन्टर्न्याश्नल स्टडिजका प्राध्यापक बागलेले आरोप अस्वीकार गर्दै भने: “मलाई केही भएको छैन। आफूलाई दोषी महसुस गर्दिन। उनीहरूले त्यसलाई पुरै गलत बुझिरहेका छन् ।”

न्यूयोर्कका अधिकारीहरूले बागलेले फ्लोरिडा ब्याङ्कमा आफ्नो श्रीमतीको साथमा एउटा खाता खोलेको आरोप लगाएका छन् ।

सन् २०१७ को नोभेम्बरदेखि उक्त खातामा यूएईमा रहेको कोलम्बियाली नागरिकको नियन्त्रणमा रहेको खाद्य कम्पनीबाट पैसा आउन थालेको थियो ।

ती कोलम्बियाली नागरिकको नाम र भेनेजुएलाबाट पैसा आउने प्रक्रिया भने खुलाइएको छैन ।

बागलेको पुस्तकमा कालो धन ओसारपसार कसरी हुन्छ भन्ने प्रक्रिया “असाध्यै जटिल” रहेको बताइएको छ । अभियोजनकर्ताहरूले खातामा आउने रकम भेनेजुयलामा “घुस र भ्रष्टाचार” का क्रममा प्राप्त भएको दाबी गरेका छन् ।

यो मुद्दा भेनेजुएलामा हुने भ्रष्टाचारको रकम अमेरिकी वित्तीय प्रणालीको प्रयोग गरेर कसरी ओसारपसार हुन्छ र अमेरिकी कानून कहाँ दुरुपयोग हुन्छ भन्ने बुझ्ने प्रयत्नको एक अंश रहेको बताइएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १२ : ३५ बजे

हरि खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ का परीक्षार्थीले गरे तोडफोड

वीरगञ्ज– वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड भएको छ ।

जनकपुरको अन्तर्राष्ट्रिय रंगशाला १७ वर्षदेखि अलपत्र, जग्गा सम्झौता भंगपछि स्थानीय निरास

जनकपुरधाम– जनकपुरमा निर्माणाधीन रहेको श्री रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला चितवनको

लगानी सम्मेलनमा किन गएनन् एमाले अध्यक्ष ओली?

काठमाडौं- आइतबारदेखि सुरू भएको तेस्रो लगानी सम्मेलन उद्घाटन सत्रमा प्रमुख

बझाङ उपनिर्वाचन : छबिसपाथिभेराको वडा १ बाट मत गन्न थालियो

बझाङ– बझाङको मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु भएको छ । मुख्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टापछि उडान 

काठमाडौं – प्रतिकुल मौसम कारण बिहानैदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय