चिनियाँ जासुसले अस्ट्रेलियामा शरण मागेसँगै विदेशी भूमिमा चिनियाँ खुफिया योजनाको खुलासा | Khabarhub Khabarhub

चिनियाँ जासुसले अस्ट्रेलियामा शरण मागेसँगै विदेशी भूमिमा चिनियाँ खुफिया योजनाको खुलासा


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलिया– अस्ट्रेलियाका एक संघीय राजनीतिज्ञले हालै भएको एक जना ३२ वर्षीय व्यक्तिको मृत्यु र एक विदेशी जासुसलाई अस्ट्रेलियन संसदमा प्रवेश गराउने योजना सम्बन्धमा गम्भीर छानबीनको माग गरेका छन् ।

‘नाइन्स सिक्स्टी’ मिनेट कार्यक्रममा प्रसारित उक्त कार्यक्रमका अनुसार मेल्बर्नको एक विलासी कारका डिलर निक झाउलाई चीन सरकारले लिबरल पार्टीको उम्मेदवारको रुपमा अस्ट्रेलियन संसदमा प्रवेश गराउने योजना बनाएको दाबी गरिएको छ ।

विभिन्न स्रोतहरुलाई उद्धृत गर्दै उक्त कार्यक्रमले झाउले उक्त तथ्यले अस्ट्रेलियन जासुसी निकाय आसियोलाई जानकारी गराएको समेत उल्लेख गरेको छ ।

झाउलाई मेलबर्नको एक होटलमा मृत अवस्थामा भेटिएको बताइन्छ । अनुसन्धानकर्ताहरु उनको मृत्युको वास्तविक कारण पत्ता लगाउन प्रयासरत छन्, यद्यपि मृत्युको वास्तविक कारण अझै अज्ञात छ ।

अस्ट्रेलियन संसदमा लिबरल पार्टीका सांसद एन्ड्रु ह्यास्टी भन्छन् उनलाई झाउको मृत्युको बारेमा जानकारी दिइएको थियो ।

ह्यास्टी भन्छन् “ यो अविश्वसनीय र अकल्पनीय घटना काल्पनिक कथाको कुनै विवरण जस्तो लाग्न सक्छ ” उनले यस्ता घटनाले सुरक्षा व्यवस्थालाई चुनौती दिइरहेको देखिने बताए ।

“यो कुनै नगद कारोवारसँग सम्बन्धित जस्तो सामान्य घटना नभइ, अस्ट्रेलियन संसदमा जासुसी गर्न राज्यद्वारा प्रायोजित प्रयासको एउटा कडी हो ।” घटनाको गाम्भिर्यतालाई मनन गर्न अनुरोध गर्दै उनले भने ।

झाउको मृत्यु विदेशी जासुसी जालो विस्तारसँग सम्बन्धीत भएकोले उक्त घटनाको विस्तृत छानवीन हुनु पर्ने माग उनले अगाडि सारे । “

झाउको मृत्यु सामान्य घटना नभएकोले यस सम्बन्धमा हरेका क्षेत्रमा छानवीन गरिनु पर्छ, ताकी झाउको मृत्युसँग सम्बन्धीत सबै व्यक्ति, घटना र पात्रहरुमाथि थप अनुसन्धान गर्न सकियोस् ” ह्यास्टीले भने ।

यसै सन्दर्भमा, आसियोका महानिर्देशक माइक बर्गेसले उक्त विषयमा ‘गम्भिरतापूर्वक‘ छानवीन भइरहेको बताए ।

विदेशी प्रति जासुसी गतिविधिहरुले अस्ट्रेलिया र उसको सुरक्षा व्यवस्थालाई चुनौति सिर्जना गर्ने प्रयास गरेको समेत उनले बताए ।

वाङ “विलियम” लिकिआङ

अस्ट्रेलियामा चिनियाँ जासुसी प्रभाव विस्तारको प्रयास

अस्ट्रेलियामा चिनियाँ जासुसी प्रभाव विस्तार प्रयासको समाचार चिनियाँ ‘स्वघोषित जासुस‘ वाङ “विलियम” लिकिआङले ‘सिक्स्टी मिनेट’ भन्ने कार्यक्रममा प्रसारित गरेका थिए ।

यस अघि थुप्रै पत्रपत्रिकाले लिकिआङले चिनियाँ उच्च सैनिक जासुसी अधिकारीहरुले कसरी अस्ट्रेलिया, हङकङ तथा ताइवान समेतमा आफ्नो पकड कायम गर्न प्रयास गरिरहेका छन् भन्ने जानकारी गराएको कुरा उल्लेख गरेका थिए ।

अस्ट्रेलियाको गुप्तचर निकाय एएसआईओलाई उनले अक्टोबर महिनामा १७ पृष्ठ लामो बयान दिएको बताइएको छ ।

त्यसमा उनले गरेका काम र वरिष्ठ गुप्तचर अधिकारीहरूले गर्ने कामकारबाहीबारे उल्लेख गरिएको बताइएको छ ।

२७ वर्षीय लिकिआङ आफ्नी श्रीमती र छोराको साथमा सिडनीमा शरण लिइ रहेका छन् । उनले आफूलाई निरन्तर रुपमा पिछा गरिइ रहेको र निगरानी कायम रहेको तथा जुनसुकै बेला आक्रमणमा पर्न सक्ने जनाएका छन् ।

लिकिआङले आफ्नो बेइजिङप्रतिको बफादारिता ताइवानी चुनाव विथोल्न आफूलाई दक्षिण कोरियाली पासपोर्ट प्रयोग गराइ पठाइएको घटनाले भङ्ग गराइ दिएको उल्लेख गर्दै पछिल्लो समय आफूलाई आफ्नो नाम र परिचय बदलेर ताइवानमा जासुसी गर्न खटाइएको बताएका छन् ।

द सिड्नी मर्निङ हेराल्डका अनुसार सन् २०१५ मा अपहरण र पाँचजना पुस्तक विक्रेताको पक्राउ गर्ने काममा आफैँ संलग्न रहेको उनले बताएका छन् ।

लिकिआङले आफूले अस्ट्रेलिया सरकारलाई चिनियाँ जासुसी प्रणालीको बारेमा थप बुझ्न सघाउने बताएका छन् ।

आफू चिनियाँ जासुस भएको दाबी गरेका एक व्यक्तिले अस्ट्रेलियामा शरणका लागि निवेदन दिएको विवरण केही दिन अघि सार्वजनिक भएको थियो ।

वाङ विलियम लिकिआङले हङ्‌कङ, ताइवान र अस्ट्रेलियामा गरिएका जासुसीबारे अधिकारीहरूलाई जानकारी दिएको र जासुसी कार्यमा उनी ‘व्यक्तिगत रूपमा’ संलग्न भएको समाचारहरु सार्वजनिक भएको थियो ।

यससँगै चीनले कसरी विदेशी भूमिमा हस्तक्षेपको योजना बनाउँछ भन्ने तथ्यसमेत बाहिरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  २ : १९ बजे

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका