काठमाडौँ – २०८३ साल कात्तिक २२ गते आइतबार सन् २०२६ नोभेम्बर ८ तारिख। कार्तिक कृष्ण पक्षको चतुदर्शी तिथि। लक्ष्मी पूजा, कुकुर तिहार र महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती, विश्व रेडियोग्राफी दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा अवरोध हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ।
वृष : दिन सामान्य छ। खर्च बढ्ने र लगानी डुब्ने जोखिम छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा समस्या हुनेछ। विदेशको रमझमले मन आकर्षित गर्नेछ। आज थोरै बोलेर अघि बढ्नु उपयुक्त हुनेछ ।
मिथुन : दिन राम्रो छ। पठनपाठनमा मन जानेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। ठुला व्यक्तिसँगको सहकार्यले नयाँ योजना बन्नेछन्। दाम्पत्य जीवनमा खटपटी बढ्ने जोखिम छ।
कर्कट : दिन राम्रो छ। लामो समयपछि साथीसँग भेट हुनेछ । व्यापारमा नाफा हुनेछ। परिवारको साथ र सहयोगले मन शान्त बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। राजनीतिक क्षेत्रमा विपक्षी सक्रिय भएकाले सचेत बन्नुपर्नेछ।
सिंह : दिन राम्रो छ। आम्दानी हुने योग छ । जग्गाको कारोबारमा फाइदा हुनेछ। ठुलो लगानी गरेर व्यापारमा फाइदा उठाउन सक्नु हुनेछ । शिक्षामा प्रगति भए पनि राजनीतिक क्षेत्रमा अवरोध हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।
कन्या : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ । विपक्षीको साथ मिल्ने योग छ । राजनीतिक क्षेत्रको प्रयास सफल हुनेछ। परिवारको साथमा लिएको निर्णय सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
तुला : दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ। शिक्षा र स्वास्थ्यमा लाभ हुनेछ। राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण अवसर मिल्नेछ । जागिरमा पदोन्नती हुनेछ। परिवारभित्र गोपनीयता भंग नगर्नु उचित हुन्छ।
वृश्चिक : दिन सामान्य छ। मन अशान्त बन्नेछ। अग्रजको सल्लाहमा अगाडि बढ्नुपर्ने दिन छ। उत्तरको लामो यात्रा नगर्नु उचित हुन्छ। दान गरेर दिनको सुरुवात गरेमा नाफा हुनेछ।
धनु : दिन राम्रो छ। आम्दानीका स्रोत सबल छन्। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा थप मिहिनेत आवश्यक हुन्छ। परिवारभित्र नै विरोधी सक्रिय भएकाले मन अशान्त हुनसक्छ।
मकर : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ । अग्रजको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुन्छ। व्यापारमा फाइदा हुनेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। बौद्धिक विपक्षी भएकाले शान्त बन्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कुम्भ : दिन राम्रो छ। आम्दानी बढ्ने योग छ । शिक्षामा लगानी नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।
मीन : दिन राम्रो छ। बौद्धिक क्षेत्रको संघर्षबाट लाभ प्राप्त हुनेछ। सहकर्मीसँग जोगिएर काम गर्नुपर्ने देखिन्छ। पश्चिमको यात्रा नगर्नु उचित हुन्छ। भीडमा सचेत हुनुपर्ने देखिन्छ। खर्च बढ्नेछ ।














प्रतिक्रिया