छ सयभन्दा बढी गाईको सामूहिक पूजा « Khabarhub

छ सयभन्दा बढी गाईको सामूहिक पूजा


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ ।

योगी आदित्यनाथ फाउन्डेसनको गौशालामा रहेको गाईलाई सोमबार स्थानीयलगायतको सहभागितामा सामूहिक गाईपूजा गरिएको हो ।

प्रत्येक वर्ष गाई पूजाको अवसरमा यसरी गौशालामा गाईपूजा गर्ने गरिएको फाउन्डेसनका अध्यक्ष भोलानाथ योगीले बताए। सोही अनुरूप यो वर्ष पनि पूजा गरिएको उनको भनाइ थियो । 

‘प्रत्येक वर्ष गाई तिहारको दिन यसरी गौशालामै पूजा गर्ने गरिन्थ्यो’, उनले भने, ‘यस वर्ष पनि सोहीअनुरूप गाई पूजा गरियो ।’ साही दिन लक्ष्मीको हवन पूजासमेत गरिएको थियो । 

साथै विभिन्न दाताहरूले गाईलाई खानासमेत प्रदान गरेका थिए । जहाँ विश्वविद्यालयको जग्गा भाडामा लिएर गौशाला सञ्चालनमा ल्याइएको छ । गौशाला सञ्चालनमा भने निकै चुनौती रहेको अध्यक्ष योगीले बताए । 

गाईगोरुलाई खानपानका लागि निकै समस्या हुने गरेको छ । त्यसका लागि विभिन्न दाताहरूको सहयोगले नै गौशाला चलिरहेको अध्यक्ष योगीको भनाइ छ  । 
 

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ६ : १३ बजे

कोप–३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

चितवनविरुद्ध काठमाडौंले गुमायो छैठौँ विकेट, करण आउट

नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन राइनोज

सेलरोटी प्रतियोगितामा कोपिला प्रथम

काठमाडौँ– नेपाली खाना र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले नेपाली खाना

चितवनविरुद्ध काठमाडौंले गुमायो पाचौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन

छ सयभन्दा बढी गाईको सामूहिक पूजा

तुलसीपुर– यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका