‘माछा माछा’ बाट सौगातलाई आश ! | Khabarhub Khabarhub

‘माछा माछा’ बाट सौगातलाई आश !


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘हाकु काले’ का नामले चिनिएका अभिनेता सौगात मल्लले पछिल्लो समय खासै हिट फिल्म दिन सकेका छैनन् । यतिबेला उनी फिल्म ‘माछा माछा’ को प्रचारमा जुटेका छन् । फिल्मलाई दयाहाङ राई र रामबाबु गुरुङले निर्माण गरेका हुन् ।

पछिल्ला वर्ष खासै हिट फिल्म दिन नसकेका सौगातले फिल्म ‘माछा माछा’ बाट आफू आशावादी भएको बताउँछन् । भन्छन् – फिल्मबाट आशावादी छु ।

कुनै समय हरेक फिल्ममा फरक भूमिका गर्न चाहने र खुबी भएका अभिनेताका रुपमा चिनिएका सौगात आजभोलि भने प्रायः उस्तै फिल्म र भूमिकामा देखिने गरेका छन् ।

त्यसैले पनि हुनुपर्छ । ‘लूट’ मा हाकु कालेजस्तो चरित्र पाएका सौगात पछिल्लो समय भने खासै जम्न सकेका छैनन् ।

म‍ंसिर २० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘माछा माछा’ मा सौगातको शीर्ष भूमिका छ । कमेडी शैलीको यो फिल्ममा सौगातका अलावा नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, प्रविण खतिवडा, सरिता गिरी, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा सुनिल गुरुङको लेखन तथा निर्देशन छ । यो फिल्म कमेडी जानरामा निर्माण भएको हो ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ६ : ५३ बजे

जेन-जी ‘विद्रोह’को दुई महिना : थप अनिश्चिततातिर मुलुक

काठमाडौं– जेन–जी पुस्ताका युवाले भदौ २३ र २४ मा गरेको

के पाक्दैछ शिक्षामन्त्रीको चुल्होमा ? विज्ञ भन्छन्– मिडियाले व्यक्तिगत जीवन उचाल्न हुँदैन

काठमाडौं- जेन–जी आन्दोलनपश्चात बनेको अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

गृहमन्त्री अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, चुनावको विषयमा छलफल

काठमाडौं– गृहमन्त्री ओम प्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन

जापानमा ६.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

टोकियो– जापानमा आइतबार साँझ ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि उत्तरपूर्वी