‘माछा माछा’ बाट सौगातलाई आश ! « Khabarhub

‘माछा माछा’ बाट सौगातलाई आश !


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘हाकु काले’ का नामले चिनिएका अभिनेता सौगात मल्लले पछिल्लो समय खासै हिट फिल्म दिन सकेका छैनन् । यतिबेला उनी फिल्म ‘माछा माछा’ को प्रचारमा जुटेका छन् । फिल्मलाई दयाहाङ राई र रामबाबु गुरुङले निर्माण गरेका हुन् ।

पछिल्ला वर्ष खासै हिट फिल्म दिन नसकेका सौगातले फिल्म ‘माछा माछा’ बाट आफू आशावादी भएको बताउँछन् । भन्छन् – फिल्मबाट आशावादी छु ।

कुनै समय हरेक फिल्ममा फरक भूमिका गर्न चाहने र खुबी भएका अभिनेताका रुपमा चिनिएका सौगात आजभोलि भने प्रायः उस्तै फिल्म र भूमिकामा देखिने गरेका छन् ।

त्यसैले पनि हुनुपर्छ । ‘लूट’ मा हाकु कालेजस्तो चरित्र पाएका सौगात पछिल्लो समय भने खासै जम्न सकेका छैनन् ।

म‍ंसिर २० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘माछा माछा’ मा सौगातको शीर्ष भूमिका छ । कमेडी शैलीको यो फिल्ममा सौगातका अलावा नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, प्रविण खतिवडा, सरिता गिरी, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा सुनिल गुरुङको लेखन तथा निर्देशन छ । यो फिल्म कमेडी जानरामा निर्माण भएको हो ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ६ : ५३ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर