काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार लो स्कोरिङ खेलमा सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर बोल्ट्सविरुद्ध २७ रनको जित निकालेको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २० रन बनाएको थियो ।
१२१ रनको लक्ष्य पछ्याएको जनकपुर एक बल बाँकी हुँदा ९३ रनमा समेटिएको हो । यो जितसँगै सुदूरपश्चिमले आठ अंक जोड्दै शीर्ष चारको सम्भावना बलियो बनाएको छ ।
(एनपीएल) को लो-स्कोरिङ खेलमा दुई पटकको उपविजेता सुदूरपश्चिम रोएल्सले पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्समाथि २७ रनको सानदार जित हात पारेको छ।
मंगलबार भएको खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १ सय २१ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा जनकपुर १९.५ ओभरमा ९३ रनमै समेटियो।
यो जितसँगै सुदूरपश्चिमले ६ खेलबाट चौथो जित निकालेको छ। ८ अंक जोडेको सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा उक्लिँदै प्लेअफ पुग्ने सम्भावनालाई थप बलियो बनाएको छ। शीर्ष स्थानमा रहेको काठमान्डु गोर्खाजको पनि समान ८ अंक रहे पनि सुदूरपश्चिम रनरेटमा पछि छ।
उता, पहिलो संस्करणको च्याम्पियन जनकपुरको भने ६ खेलमा यो चौथो हार हो। ४ अंकसहित पाँचौ स्थानमा रहेको जनकपुरको प्लेअफमा पुग्ने सम्भावनामा यस हारले ठूलो धक्का पुगेको छ।
जनकपुरको ब्याटिङ धराशयी
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सामान्य लक्ष्य पछ्याएको जनकपुरको ब्याटिङ लाइनअप सुदूरपश्चिमका बलरसामु निरिह बन्यो। जनकपुरका लागि तृतराज दासले २१, जिमी निशमले २० र आदित्य महताले १० रन जोडे। ११औं नम्बरमा ब्याटिङ गर्न आएका बलर राहुल यादवले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
ओपनर अनिल शाह २, हेरी टेक्टर १, रायन बर्ल ८, विशाल सुशलिङ २, कप्तान हर्मीत सिंह ४, अभिषेक तावरी २ र ललित राजवंशी शून्यमा आउट भए। जनकपुरका लागि नवौँ विकेटका रूपमा जिमी निशम र ललित राजवंशीले बनाएको २० रनको साझेदारी नै इनिङ्सको सबैभन्दा ठूलो साझेदारी बनेको थियो ।
सुदूरपश्चिमको कसिलो बलिङमा स्कट कुगेलेइनले ३ विकेट लिए भने हमेन्त धामी, थरिन्दु रत्नायके, कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले एकएक विकेट हात पारे।
टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रन बनाएको थियो।
सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २३ बलमा २ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ३३ रन बनाए। त्यस्तै, थरिन्दु रत्नायकेले २८ बलमा १ चौका र २ छक्कासहित अविजित २७ रन जोडे। आरिफ शेखले ११ तथा ओपनरद्वय सैफ अली जैब र विनोद भण्डारीले समान १० रन बनाए।
जैब र भण्डारीले पहिलो विकेटका लागि २२ रनको साझेदारी गरेका थिए, जुन सुदूरपश्चिमको इनिङ्सकै उच्च साझेदारी रह्यो। त्यसपछि नियमित अन्तरालमा विकेट गुमाएको सुदूरपश्चिमले ठूलो स्कोर बनाउन सकेन।
जनकपुरका लागि कप्तान हर्मीत सिंहले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। हेरी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले १-१ विकेट बाँडे। यसै खेलबाट एनपीएलमा डेब्यु गरेका आयरल्यान्डका खेलाडी हेरी टेक्टरले ४ ओभरमा जम्मा ९ रन मात्र खर्चिएर किफायती बलिङ गरे।














प्रतिक्रिया