भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो « Khabarhub

भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मियताको प्रतीकका रूपमा मनाइने किजा पूजा अर्थात् भाइटीका आज भक्तपुरलगायत नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानमा हर्षोल्लासका साथ मनाइएको छ । स्वन्ति नखाःअन्तर्गत लक्ष्मी पूजा, म्हः पूजा र किजा पूजा क्रमशः कात्तिक २२, २३ र २४ गते मनाउने निर्णयअनुसार आज किजापुजा (भाइटीका) मनाइएको हो ।

किजा पूजा विशेषगरी दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र सुखसमृद्धिको कामना गर्दै पूजा गर्ने पर्व हो । यसलाई नेवार समुदायमा भाइटीकाका रूपमा पनि चिनिन्छ ।

म्हः पूजाको भोलिपल्ट मनाइने यस पर्वमा दिदीबहिनीले दाजुभाइको घरमा पुगी विशेष विधिपूर्वक पूजा गर्ने परम्परा छ । किजा पूजाका दिन दिदीबहिनीले पहिले भुइँमा रातो माटो वा लिपन गरी चामलको पीठोबाट मण्डल बनाउँछन् । उक्त मण्डलमा दाजुभाइलाई राखेर पूजा गर्ने परम्परा छ । पूजा गर्दा दाजुभाइको वरिपरि तेलको घेरा बनाउने, बत्ती बाल्ने तथा विभिन्न पूजासामग्री चढाउने गरिन्छ ।

यस पर्वमा बिमिरो, ओखर, मखमली फूलको माला, दुबो, धागो, फलफूल तथा विभिन्न परिकारको विशेष महत्व हुन्छ । नेवार समुदायमा अण्डा, माछा, मासु, बारा र रक्सीसमेत समावेश भएको पाँच प्रकारको सगुन दिने चलन छ । दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिई मखमली फूलको माला र प्रसाद प्रदान गर्छन् । त्यसको बदलामा दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिने परम्परा छ ।

भक्तपुरकी सुनिता सुवालले किजा पूजाको खास अर्थ भाइटीका अर्थात् दिदीबहिनीले दाजुभाइलाई पूजा गर्नु भए पनि भक्तपुरमा बहिनीले दाइलाई समेत पूजा गर्ने परम्परा रहेको बताए । परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर पूजा गर्ने चलन रहेकाले दाजुभाइका छोरानातिलाई समेत दिदीबहिनी तथा फुपूहरूले पूजा गर्ने परम्परा रहेको उनले जानकारी दिए । भक्तपुरमा ज्येष्ठताको आधारमा महिलाले पुरुषलाई पूजा गर्ने चलन रहेको उहाँको भनाइ छ ।

इतिहासविद् मुक्तिसुन्दर जधारीका अनुसार किजा पूजासँग यमराज र यमुनाको पौराणिक कथासमेत जोडिएको छ । पौराणिक मान्यताअनुसार यमुनाले आफ्ना दाजुलाई मृत्युबाट जोगाउन यमराजसँग विभिन्न सर्त राखेर पूजा गरेकी थिइन् । मखमली फूल नओइलाएसम्म र तेलको घेरा नसुकेसम्म दाजुभाइलाई मृत्युले नछुने विश्वासका साथ पूजा गरिएको कथन छ । यही मान्यताका आधारमा दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै किजा पूजा गर्ने परम्परा बसेको विश्वास गरिन्छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा तलेजुका पूजारी, ज्योतिष, कर्माचार्य, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका पदाधिकारीलगायत सरोकारवालासँगको छलफलपछि यस वर्षको तिथिमिति निर्धारण गरिएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  ९ : ३८ बजे

सञ्जय बने चौथो स्टोन स्किपिङ च्याम्पियन

सुनसरी – बराहक्षेत्रमा आयोजित चौथो स्टोन स्किपिङ च्याम्पियनसिपको उपाधि चतराका

भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो

भक्तपुर – नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र

एनपीएलमा सुदूरपश्चिमको रोमाञ्चक जित : एक बल बाँकी हुँदा जनकपुर ९३ रनमा समेटियो

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार लो स्कोरिङ

सञ्जय बने चौथो स्टोन स्किपिङ च्याम्पियन

सुनसरी- बराहक्षेत्रमा आयोजित चौथो स्टोन स्किपिङ च्याम्पियनसिपको उपाधि चतराका सञ्जय

मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन

कास्की- नेपाली मौलिक देउसी–भैलोको संरक्षण र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने