राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका « Khabarhub

राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका


२५ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन् । उनले राष्ट्रपति भवन शीतल निवासमा बहिनी शारदा पण्डितबाट भाइटीका लगाएका हुन् ।

राष्ट्रपति पौडेलले आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा विधिपूर्वक भाइटीका ग्रहण गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

सो अवसरमा बहिनी शारदाले राष्ट्रपतिलाई ओखर, बदामसहितका फलफूल तथा विभिन्न उपहार प्रदान गरेका थिए । राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाइदिनुका साथै उपहार र दक्षिणा प्रदान गरेका थिए।

नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले यस वर्ष भाइटीका लगाउने उत्तम साइत बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको थियो ।

यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाई सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्ने परम्परा छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार  १२ : ३६ बजे

हराउँदै रानाथारुका परम्परागत घर

कञ्चनपुर– रानाथारु समुदायको मौलिक पहिचान झल्काउने परम्परागत घर पछिल्लो समय

कोप–३१ मा ट्रम्प र सीसहित प्रमुख विश्व नेताहरू अनुपस्थित हुने

काठमाडौँ – जलवायु सङ्कट समाधानका लागि विश्वव्यापी दबाब बढिरहेका बेला

राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका

काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन्

हात्तीको बथानले घर भत्काउँदा कञ्चनपुरमा एक महिलाको मृत्यु

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा पसेको जंगली हात्तीको बथानले

साढे तीन महिनामा २०४ नयाँ उद्योग तथा वाणिज्य फर्म दर्ता

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ को साढे