पुलिसको फुटबल टिमलाई टेलिकमको प्रायोजन « Khabarhub

पुलिसको फुटबल टिमलाई टेलिकमको प्रायोजन


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल पुलिस क्लबको पुरुष र महिला फुटबल टिमलाई नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकमले प्रायोजन गरेको छ ।

नेपाल प्रहरी खेलकुद समितिले बुधबार टेलिकमसँग मुख्य प्रायोजक सम्झौतामा हस्ताक्षर गरेको छ । टेलिकमले पुलिसको फुटबल टिमलाई ३२ लाखको प्रायोजन गरेको हो ।

प्रहरी प्रधान कार्यालयमा नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले समझौतापत्रमा हस्ताक्षर गरेका थिए ।

टेलिकमले पुलिस क्लबलाई १ वर्षको लागि प्रायोजन गरेको हो । सम्झौतासँगै टेलिकमले क्लबलाई ३२ लाख रुपैयाँ उपलब्ध गराउने छ ।

यस्तै पुलिसले सहभागिता जनाउने फुटबल प्रतियोगितामा पुलिसले टेलिकम अंकित जर्सी प्रयोग गर्नेछ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ६ : २५ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६