काठमाडौँ– एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा सहभागी हुन सन्दीप लामिछानेको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोली कतार प्रस्थान गरेको छ ।
नोभेम्बर १९ देखि कतारमा सुरु हुने प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बिदाइ गरेका छन् ।
कप्तान लामिछानेसहित टोलीमा लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेक गौतम, ईशान पाण्डे, राशिद खान र देव खनाल रहेका छन् ।
प्रतियोगिताको समूह चरणमा नेपालले नोभेम्बर २० मा भारत ‘ए’, नोभेम्बर २२ मा संयुक्त अरब इमिरेट्स (युएई) र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले प्रतियोगितामा समूह चरणका तीन खेलमार्फत अर्को चरणमा पुग्ने लक्ष्य राखेको छ ।














प्रतिक्रिया