पत्रकार महासंघले थाल्यो आन्दोलन, प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइने, अरु के छन् कार्यक्रम ? « Khabarhub

पत्रकार महासंघले थाल्यो आन्दोलन, प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइने, अरु के छन् कार्यक्रम ?


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड र प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने प्रयासविरुद्ध नेपाल पत्रकार महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति अनुदार व्यवहार देखाएको आरोप लगाउँदै कडा विरोध जनाइएको छ।

प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास, सञ्चारमाध्यममा अनाधिकृत रूपमा गाडी तेर्स्याउनेलाई हालसम्म कारबाही नगरिएको विषय र गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको घटनाप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

त्यसैगरी, श्रम अधिकारको उल्लंघन र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गरिरहेको रकम प्रेस काउन्सिल नेपालको सिफारिसबमोजिम नभएको विषयलाई पनि आन्दोलनको प्रमुख कारण बनाइएको छ।

आन्दोलनका कार्यक्रम :

  • मंसिर २ गते : प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने।
  • मंसिर ५ गते : संसद्‍मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र पठाउने।
  • मंसिर ५ र ६ गते : शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सँग छलफल गर्ने।
  • मंसिर ७ गते : सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थाहरूसँग छलफल गर्ने।
  • मंसिर ९ गते : जिल्ला शाखाको आयोजनामा सबै जिल्ला प्रशासन कार्यालयमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित भेला हुने।

महासंघले आफ्ना मागहरू पूरा नभए थप कडा आन्दोलनका कार्यक्रम तय गर्ने चेतावनीसमेत दिएको छ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ३ : ५६ बजे

नेप्से दोहोरो अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

पत्रकार महासंघले थाल्यो आन्दोलन, प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइने, अरु के छन् कार्यक्रम ?

काठमाडाैँ – समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड

चुरोटको लतले संकटमा गायक अनिल सिंहको जीवन, खुट्टा काट्नुपर्ने चेतावनी

नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायक अनिल सिंहको

भ्रष्टाचार आरोपपछि मङ्गोलियाका राष्ट्रपति राजीनामा दिने तयारीमा

उलानबटोर- विपक्षी दलले भ्रष्टाचारको आरोप लगाउँदै महाभियोग लगाउने चेतावनी दिएपछि

राष्ट्रिय कर दिवस : साताव्यापी कार्यक्रम सुरु

काठमाडौं– राष्ट्रिय कर दिवसको अवसरमा सरकारले करको दायरा विस्तार, करदाता