राजनीतिक चुनौती सामना गर्न तयार रहन पद्मा अर्यालको आग्रह « Khabarhub

राजनीतिक चुनौती सामना गर्न तयार रहन पद्मा अर्यालको आग्रह


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेकी सचिव पद्मा अर्यालले आगामी दिनमा आउन सक्ने राजनीतिक परीक्षण र चुनौतीहरूको सामना गर्न पूर्ण रुपमा तयार रहनुपर्ने बताएकी छन् । 

बुधबारबाट काठमाडौंमा सुरु एमालेको राष्ट्रिय भेलामा सचिव अर्यालले पार्टी शक्ति र पङ्क्तिलाई निष्क्रिय हुन नदिई त्यसलाई थप बलियो र सक्रिय बनाउँदै आगामी दिनमा आउन सक्ने राजनीतिक परीक्षण र चुनौतीहरूको सामना गर्न पूर्ण रुपमा तयार रहनुपर्ने बताएकी हुन् ।

उनले अहिले जनतामा रहेका जिज्ञासा, प्रश्न र आलोचनाहरूलाई पन्छ्याउने नभई सबै प्रश्नहरूको सामना गर्दै स्पष्ट जवाफ दिन तयार हुनुपर्ने बताइन् ।

जनतासँग प्रत्यक्ष संवाद गर्ने, उनीहरूको कुरा सुन्ने र पार्टीसँग जोड्ने कार्यमा कार्यकर्ताहरू सक्रिय रूपमा लाग्नुपर्ने उनको भनाइ छ ।

उनले देश निर्माण गर्ने मूल पार्टी एमाले नै हो भन्ने यथार्थलाई बुझ्दै पार्टीलाई अझ बढी सशक्त र बलियो बनाउन सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी बहन गर्नुपर्ने धारणा समेत राखिन् । 

सचिव अर्यालले गत निर्वाचनको क्षतिपूर्ति आगामी निर्वाचनबाट लिन सक्ने गरी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  २ : ३७ बजे

राजनीतिक चुनौती सामना गर्न तयार रहन पद्मा अर्यालको आग्रह

काठमाडौं– नेकपा एमालेकी सचिव पद्मा अर्यालले आगामी दिनमा आउन सक्ने

संघर्षको मैदानबाट लडेर आएका हौँ, एमाले फेरि सरकारमा जान्छ : ओली

काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुक स्वेच्छाचारी शासनको

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई विभिन्न शुल्क,

प्रेमको नयाँ उल्झनमा अनन्या पाण्डे, ‘कल मी बे’को दोस्रो सिजनमा श्रुति हासनको इन्ट्री

काठमाडौं– विलासी जीवनशैली, ग्ल्यामर र प्रेमका रमाइला उतारचढावले दर्शकको ध्यान

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

रसुवा– गत भदौ १० गते ल्हेन्दे खोलामा आएको बाढीका कारण