द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन « Khabarhub

द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बागमती– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

आयोजनाअन्तर्गत मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकामा निर्माणाधिन महादेवटार सुरुङको आज आयोजित ब्रेक थ्रुु समारोहलाई सम्बोधन गर्दै उनले सरकारले यस आयोजनाको काम तीन वर्षभन्दा बढी अगाडि बढेको हेर्न नचाहेको बताए।

द्रुतमार्ग निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्द गरिने उनले बताए । लचकता अपनाउँदै व्यवसायीहरूलाई पटक–पटक अवसर र सुविधा दिए पनि त्यसको अपेक्षित परिणाम आउन नसकेको उल्लेख गर्दै उनले निर्धारित समयभित्र काम नसकिने अवस्था देखिए तत्काल ठेक्का अन्त्य गर्न निर्देशन दिए ।

हाल काम गर्ने मुख्य सिजन सुरु भइसकेको बताउँदै उनले आगामी जेठसम्म निर्धारित कार्यतालिकाअनुसार ठोस प्रगति हासिल हुनुपर्ने धारणा राखे । 

 द्रुतमार्गलाई केवल सडक निर्माणमा मात्र सीमित नराखी नेपाली प्राविधिक जनशक्ति उत्पादन र अनुभव अभिवृद्धिको ठूूलो अवसरका रूपमा समेत लिइएको बताउँदै उनले आयोजनामा खटिएका नेपाली इन्जिनियर, परामर्शदाता, सुपरभाइजर तथा नेपाली सेनाका प्राविधिकहरू भविष्यका ठूूला पूर्वाधार निर्माणका लागि देशकै अमूल्य सम्पत्ति बन्ने बताए । यस्ता प्रकृतिका आयोजना बढाउने सरकारको तयारी रहेको उनले बताए । 

विपद् व्यवस्थापनका साथै छोटो समयमै ‘बेली ब्रिज’ निर्माणमा सेनाले देखाएको कार्यक्षमताको प्रशंसा गर्दै उनले आगामी दिनमा नेपाल सरकारले नेपाली सेनालाई अन्य धेरै आयोजनाहरूमा सहभागी गराउँने बताए । 

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ७ : १५ बजे

नापजाँचको १२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा

काठमाडौं – सर्लाहीको विष्णु गाउँपालिका–५ र ६ का २७५ स्ववासी

आज दिनभर कहाँ, के भयो ? पढ्नुहोस्, मुख्य समाचार

इनम प्रकरण – अनुसन्धानलाई प्रभाव पार्ने सामग्री प्रकाशन नगर्न प्रहरीको

जलवायु विपद् र असुरक्षाका कारण सोमालियामा विस्थापन बढ्दै : संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसंघ – खडेरी, बाढी तथा हिंसात्मक घटनाका कारण सोमालियामा

काठमाण्डु गोर्खाज र चितवन राइनोजबीचको खेल हेर्न पुगेका समर्थक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बुधबार काठमाण्डु गोर्खाज र चितवन

द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

बागमती– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित