राइजिङ स्टार्स एसिया कपमा नेपालले आज यूएईसँग खेल्दै « Khabarhub

राइजिङ स्टार्स एसिया कपमा नेपालले आज यूएईसँग खेल्दै


६ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी एसिया कप राइजिङ स्टार्स  क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आइतबार आफ्नो दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्दै छ। 

कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी मैदानमा हुने समूह ‘बी’ को खेल नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ।

प्रतियोगितामा सुखद सुरुआत गर्न नसकेका दुवै टोली आज पहिलो जितको खोजीमा मैदान उत्रिनेछन् । 

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आफ्नो पहिलो खेलमा शुक्रबार भारत ‘ए’ सँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो। भारत ‘ए’ ले दिएको ३ सय ३३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ११.३ ओभरमा मात्र २६ रनमा समेटिएपछि कमजोर लयमा देखिएको थियो।   

अर्कोतर्फ, यूएई पनि पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ६१ रनले पराजित भएको थियो। २४६ रनको लक्ष्य पछ्याएको यूएई ४०.५ ओभरमा १८४ रनमै अलआउट हुन पुगेको थियो।   

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने भएकाले अघिल्लो चरणको सम्भावना जीवित राख्न नेपाल र यूएई दुवैका लागि आजको खेल निकै महत्त्वपूर्ण छ। 

नेपालले समूह चरणको आफ्नो अन्तिम खेल मंगलबार पाकिस्तान ‘ए’ सँग खेल्ने तालिका छ।

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  ८ : ०१ बजे

राइजिङ स्टार्स एसिया कपमा नेपालले आज यूएईसँग खेल्दै

काठमाडौँ – एसीसी एसिया कप राइजिङ स्टार्स  क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले

चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो

सोलुखुम्बु– यस वर्षको हिउँदको चिसो बढ्दै गएसँगै हवाई मार्गबाट सगरमाथा

सन्तानेश्वर मन्दिर संरक्षण र पूर्वाधार विकासको पर्खाइमा

नेपालगन्ज– बाँकेको नरैनापुर गाउँपालिका–५ स्थित सन्तानेश्वर महादेव मन्दिर धार्मिक तथा

दसौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

कर्णाली– यही मङ्सिर  १६ देखि २७ गतेसम्म सञ्चालन हुने दसौँ

‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’ को उपाधि सोल्मालाई

खोटाङ–  शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर