कोप ३१ सम्झौतामा विवाद « Khabarhub

कोप ३१ सम्झौतामा विवाद


६ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टर्किए- जीवाश्म इन्धनको स्पष्ट उल्लेख नगरिएको जलवायु सम्झौताप्रति युरोपेली सङ्घ (इयु) र पानामाले आपत्ति जनाएपछि टर्कीमा जारी कोप ३१ सम्मेलनको निष्कर्ष अन्योलमा परेको छ । सम्मेलनको निर्धारित समय सकिएको ४४ घण्टापछि पनि करिब २०० देशबीच सहमति जुट्न सकेको छैन । आयरल्यान्डका जलवायु तथा ऊर्जा मन्त्री डाराघ ओ’ब्रायनले जीवाश्म इन्धन जलवायु परिवर्तनको प्रमुख कारक भए पनि मस्यौदामा त्यसको उल्लेख नभएकाले इयुले सम्झौता समर्थन नगर्ने बताए ।

तेल उत्पादक साउदी अरेबियालगायतका देशले भने जीवाश्म इन्धनसम्बन्धी कडा भाषा राख्न विरोध गर्दै आएका छन् । करिब दुई साताको वार्ता गतिरोधमा पुगेपछि टर्की र अस्ट्रेलियाले सहमतिको प्रयास गरे पनि सफल हुन सकेनन् । मस्यौदामा सन् २०२३ को जीवाश्म इन्धनबाट टाढिँदै जाने विश्वव्यापी प्रतिबद्धतालाई घुमाउरो रूपमा समेटिएको छ ।

कार्बन सङ्कलन प्रविधिको विस्तारलाई पनि समर्थन गरिएको छ, तर उक्त प्रविधि महँगो र उत्सर्जन घटाउन प्रभावकारी नभएको भन्दै आलोचना हुँदै आएको छ । सम्झौतामा सन् २०३५ सम्म कुल ऊर्जा खपतमा विद्युत्को हिस्सा ३५ प्रतिशत पुर्‍याउने लक्ष्य प्रस्ताव गरिएको छ । तर, विद्युत् नवीकरणीय ऊर्जाबाटै उत्पादन हुनुपर्ने बाध्यता राखिएको छैन ।

यसैबीच, आइपिसिसीका आगामी प्रतिवेदन समयमै प्रकाशन गर्ने विषय र जलवायु अनुकूलनका लागि प्रस्तावित १२० अर्ब अमेरिकी डलरको लक्ष्य हटाइएपछि पनि विवाद चर्किएको छ । विकासशील राष्ट्रहरूले धनी देशबाट पर्याप्त सहयोग नपाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  ७ : ३५ बजे

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

झापा – भुवन आर्मी फुटबल क्लबले भारतीय टोली गयेसपुर महिला

कोप ३१ सम्झौतामा विवाद

टर्किए- जीवाश्म इन्धनको स्पष्ट उल्लेख नगरिएको जलवायु सम्झौताप्रति युरोपेली सङ्घ

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच विविध क्षेत्रमा सहकार्यबारे छलफल

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार

हवाई मार्ग खुल्ने आशमा लुम्बिनी

रुपन्देही- प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणसँगै नयाँ हवाई प्रवेशमार्गका विषयमा

नेपाल–जापान सम्बन्ध कूटनीतिमा मात्र सीमित छैन : सभामुख अर्याल

काठमाडौँ – सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाल र जापानबीचको सम्बन्ध