नेप्से आज पुनः घट्यो « Khabarhub

नेप्से आज पुनः घट्यो


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक पुनः ओरालो लागेको छ । बुधबार उकालो लागेको बजारले पुनः आज ओरालोको यात्रा तय गरेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.६७ विन्दुले घटेर एक हजार ११२.७९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.५७ विन्दुले घटेर २४६.६५ मा पुगेको छ ।

नेप्से ओरालो लागेसँगै कारोबार रकममा समेत गिरावट आएको छ । कूल १६६ कम्पनीको १२ लाख ७१ हजार ६ कित्ता शेयर रु २४ करोड ३३ लाख ९१ हजार ३२० मूल्यमा खरिदबिक्री भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये जीवन बीमाको मात्रै शेयर मूल्य बढ्दा अन्य ११ उपसमूहको शेयर भने आरोलो लाग्यो ।

जीवन बीमा १८.१२ विन्दुले बढेको छ । यस्तै बैङ्किङ ४.२४, व्यापार २०.०९, होटल ८.६६, विकास बैंक ७.७२, जलविद्युत् ५.७६, वित्त २.१२, निर्जीवन बीमा २८.५८, उत्पादन २६.८६, अन्य २.६१, लघुवित्त ३.२३ र सामूहिक लगानी कोष ०.१४ विन्दुले घटेको छ ।

नेप्सेका अनुसार आज कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु तीन करोड ३५ लाख ७५ हजार ६३ बराबरको शेयर कारोबार भयो । एनएमबी बैंक रु तीन करोड ५९ लाख ७६ हजार ७०३, नबिल बैंक रु एक करोड १३ लाख ७८ हजार १११, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड एक लाख २० हजार ५४२ र सानिमा बैंक रु ९८ लाख २८ हजार ३२१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार आज माउण्टेन हाइड्रो ५.२६, पाँचथर पावर ५.०५, सामुदायिक लघुवित्त वित्तीय संस्था ४.१४, एक्सेल डेभलपमेन्ट बैंक ३.९३ र गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.६८ प्रतिशतले कमाए । यस्तै, साल्ट टेड्रिङ कर्पोरेशन ५.९३, ग्लोबल आइएमई समुन्नत स्किम एक ५.६७, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ४.२४, अरुण भ्याली हाइड्रोपावर ४.०८, नविल इक्विटी फण्डका शेयरधनीले ३.८६ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ४ : ११ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार तीन दिने चीन भ्रमणमा जाने

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर आइतबार तीन दिने औपचारिक भ्रमणका लागि उत्तरी

विभिन्न विपद्का घटनामा परी एकैदिन ५ जनाको मृत्यु, ७ जना घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३२ वटा विपद्का घटना दर्ता भएका

अफगान प्रहरीले महिलामाथि गरेको दमनको राष्ट्रसङ्घीय विज्ञद्वारा निन्दा

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका मानवअधिकार विज्ञहरूको समूहले अफगानिस्तानको पश्चिमी सहर

कुमारी बैंकद्वारा ‘रियल टाइम ईआरपी’ एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सुरुवात

काठमाडौं– कुमारी बैंक लिमिटेडले आईएमएस सफ्टवेयर प्रालिसँगको सहकार्यमा नेपालको पहिलो

सुस्तामा हतियारसहित भारतीय सुरक्षाकर्मी, नेपालीको विरोधपछि सीमा क्षेत्रबाट फिर्ता

नवलपरासी (पश्चिम) । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा