बागलुङवासी सुस्ताउने ‘ऐतिहासिक पार्क’ (तस्बिरहरू) « Khabarhub

बागलुङवासी सुस्ताउने ‘ऐतिहासिक पार्क’ (तस्बिरहरू)


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– घना बस्ती भएको बागलुङ बजार साँघुरो छ । बजार क्षेत्रमा खुल्ला ठाउँ छैन । अहिले स्थानीय सुस्ताउन बजारमा एउटा मात्रै पार्क छ । बागलुङ नगरपालिका–२ समीक्षालय चोकमा रहेको ऐतिहासिक पार्क हिजोआज चिटिक्क बनेको छ ।

केही वर्ष अगाडिसम्म उजाड पार्क बागलुङ नगरपालिकाले व्यवस्थित बनाएपछि बजारवासीका लागि सुस्ताउने ठाउँ बनेको छ । नगरपालिकाले फूल, बिरुवा रोपेर र करिब दुई सय देशका झण्डा राखेर आकर्षित बनाएको छ ।

नगरपालिकाले पार्कको सौन्दर्यकरण गरेपछि बाहिरबाट आउने पर्यटकसमेत यहाँ आएर केहीबेर सुस्ताउँछन् । नगरपालिकाले पार्कमा भएका पुराना रुख काटछाँट गरेर अहिले नयाँ रुख रोपेको छ । 

हरियाली रुखले पार्कको सुन्दरतालाई थप बढाएको छ । पार्कको नाम पहिला वीरेन्द्र–ऐश्वर्य पार्क थियो । बागलुङ नगरपालिकाले २०८१ सालमा पुनःनिर्माण गरेपछि पार्कको नामै परिवर्तन गरेर ‘ऐतिहासिक पार्क’ नामकरण गरेको हो ।

वि.स २०६२/०६३ सालको जनआन्दोलनमा पार्कमा रहेका वीरेन्द्र र ऐश्वर्यको मूर्ति ढालेपछि यो पार्क व्यवस्थित बन्न सकेको थिएन । नगरपालिकाले ९६ लाख रुपैयाँ खर्चेर मर्मत गरेपछि अहिले बालबालिका, युवायुवती र वृद्धवृद्धासम्म यहाँ सुस्ताउन पुग्ने र गन्थनमन्थन गर्छन् । बेलाबखत युवाहरुले भजनकृतनसमेत गर्दै आएका छन् ।

पालिकाले पार्कको नजिकै सार्वजनिक शौचालय र कफी सप निर्माण गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङसँगै रहेको पार्क बिहानदेखि साँझ ७ बजेसम्म मात्र खुल्ला हुन्छ ।

पार्कको हेरचाह र सरसफाइका लागि नागरपालिकाले दुई जना हेरालुसमेत राखेको छ । पार्कमा दुबो र फूल समय समयमा लगाउने हुँदा बाह्रै महिना सुन्दर देखिन्छ । पार्कमा परम्परागत स्लेट ढुङ्गा बिच्याएर थप आकर्षित बनाइएको छ । 

तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ९ : २९ बजे

दिल्लीमा प्रधानमन्त्री बालेनको दोस्रो दिन : जनकपुर-अयोध्या रेलमार्गले जोड्ने विश्वास

जनकपुरधाम– जनकपुरधाम र अयोध्यालाई रेलमार्गले जोड्ने योजनाले राम–सीताको पवित्र सम्बन्धसँग

बागलुङवासी सुस्ताउने ‘ऐतिहासिक पार्क’ (तस्बिरहरू)

बागलुङ– घना बस्ती भएको बागलुङ बजार साँघुरो छ । बजार क्षेत्रमा

प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

चितवन– नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको फाइनल खेल सकिँदै गर्दा प्रधानमन्त्री

कार्तिक नाचको दशौँ दिन नरसिंह अवतार प्रस्तुत, मंगलबार समापन हुने

काठमाडौं– ललितपुरको पाटन दरबार स्क्वायरस्थित कार्तिक डबलीमा सञ्चालन भइरहेको ऐतिहासिक

गौरिया धान खेती र चामलको व्यापारमा रमाएका चक्रपाणि

म्याग्दी– मङ्गला गाउँपालिका–५ पीपलबोटका ६१ वर्षीय चक्रपाणि भण्डारीले यस वर्ष