संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा « Khabarhub

संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र भारतकाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ मा सहभागी हुन भारतीय सैनिक टोली आज नेपाल आएको छ ।

विसं २०६७ देखि नेपाल र भारतमा आलोपालो गरी वार्षिक रूपमा यो सैन्य अभ्यास सञ्चालन हुँदै आएको छ । संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’ को बिसौँ संस्करणमा सहभागी हुन भारतीय सेनाको टोली रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा आइपुगेको नेपाली सेनाले जनाएको छ ।

सो सैन्य अभ्यास यही मङ्सिर ९ देखि २२ गतेसम्म सञ्चालन हुने बताइएको छ । उक्त अभ्यासमा भारतीय सेनाको १२ कुमाउ रेजिमेन्ट र नेपाली सेनाका तर्फबाट ज्वालादल गण सहभागी हुने कार्यक्रम रहेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ८ : ५७ बजे

संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

काठमाडौं – नेपाल र भारतकाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास

कात्तिक शुक्ल चतुर्दशीका अवसरमा बौडेश्वर मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं – कात्तिक शुक्ल चर्तुदशीका अर्थात् बैकुण्ठ चर्तुदशीका अवसरमा काठमाडौँको

नेपालमै विकसित सेल ब्रडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल

काठमाडौं – विपदको जोखिममा रहेका क्षेत्रका नागरिकलाई मोबाइल फोनमार्फत समयमै

आजका समाचार : भारतमा विभिन्न सम्झौता गरी प्रधानमन्त्री स्वदेश फिर्ता, सर्वोच्चले थप्यो आईजीपी केसीको म्याद र यमनमा साउदी हमला

भैरहवा हवाई रुटलाई द्वितर्फी बनाउन नेपाल-भारत सहमतप्रधानमन्त्री वालेन्द्र शाहको भारत

चिकित्सा शिक्षा सुधारका लागि सरकारको पहल, डा. केसीसँगका सम्झौता कार्यान्वयनमा जोड

काठमाडौं – सरकारले चिकित्सा शिक्षा क्षेत्रको सुधार र विगतमा भएका