इरानमाथि आक्रमण गरे क्षेत्रीय युद्ध चर्किन सक्ने इजरायली सेनाको चेतावनी « Khabarhub

इरानमाथि आक्रमण गरे क्षेत्रीय युद्ध चर्किन सक्ने इजरायली सेनाको चेतावनी


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम – इजरायलले इरानमाथि सम्भावित सैन्य आक्रमण गरे त्यसले व्यापक क्षेत्रीय युद्ध निम्त्याउन सक्ने चेतावनी इजरायली रक्षा बल (आईडीएफ)ले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई दिएको छ ।

द टाइम्स अफ इजरायलले आइतबार सार्वजनिक गरेको समाचारअनुसार, इजरायलले इरानविरुद्ध सैन्य विकल्पबारे विचार गरिरहेका बेला गत साता नेतान्याहु र वरिष्ठ रक्षा अधिकारीहरूबीच भएको गोप्य बैठकमा सेनाले यस्तो चेतावनी दिएको हो। समाचारमा हिब्रु भाषाको टेलिभिजन नेटवर्क च्यानल १२ लाई उद्धृत गरिएको छ ।

इजरायली सैन्य गुप्तचर निकायले इरानमाथि आक्रमण भए लेबनान, सिरिया र गाजासहित विभिन्न मोर्चामा एकैपटक द्वन्द्व चर्किन सक्ने आकलन गरेको छ । नेतान्याहु र इजरायली गुप्तचर संस्था मोसादले भने सम्भावित सैन्य कारबाही तीनदेखि पाँच दिनभित्र सीमित गर्न सकिने अपेक्षा गरेको समाचारमा उल्लेख छ ।

यसैबीच, विपक्षी राजनीतिज्ञ अविग्दोर लिबरम्यानले नेतान्याहुले अमेरिकाको सहभागिता वा स्वीकृतिबिनै एकपक्षीय रूपमा इरानमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएको समाचारमा जनाइएको छ ।

लिबरम्यानले गत साता इजरायलले अहिले इरानमाथि आक्रमण गर्नु उचित नहुने बताउँदै यस्तो कदम पूर्ण रूपमा राजनीतिक स्वार्थबाट प्रेरित हुने टिप्पणी गरेका थिए ।

सार्वजनिक प्रसारक कानलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार, एक अज्ञात स्रोतले नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमाथि ‘सकेसम्म चाँडो’ आक्रमण गर्न आग्रह गरिरहेको दाबीसमेत गरेको छ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ९ : १५ बजे

इरानमाथि आक्रमण गरे क्षेत्रीय युद्ध चर्किन सक्ने इजरायली सेनाको चेतावनी

जेरुसेलम – इजरायलले इरानमाथि सम्भावित सैन्य आक्रमण गरे त्यसले व्यापक

संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

काठमाडौं – नेपाल र भारतकाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास

कात्तिक शुक्ल चतुर्दशीका अवसरमा बौडेश्वर मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं – कात्तिक शुक्ल चर्तुदशीका अर्थात् बैकुण्ठ चर्तुदशीका अवसरमा काठमाडौँको

नेपालमै विकसित सेल ब्रडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल

काठमाडौं – विपदको जोखिममा रहेका क्षेत्रका नागरिकलाई मोबाइल फोनमार्फत समयमै

आजका समाचार : भारतमा विभिन्न सम्झौता गरी प्रधानमन्त्री स्वदेश फिर्ता, सर्वोच्चले थप्यो आईजीपी केसीको म्याद र यमनमा साउदी हमला

भैरहवा हवाई रुटलाई द्वितर्फी बनाउन नेपाल-भारत सहमतप्रधानमन्त्री वालेन्द्र शाहको भारत