भारतीय सेनालाई नेपालको आकाश प्रयोग गर्न दिने विषयमा कुनै सहमति भएकाे छैन : परराष्ट्रमन्त्री « Khabarhub

भारतीय सेनालाई नेपालको आकाश प्रयोग गर्न दिने विषयमा कुनै सहमति भएकाे छैन : परराष्ट्रमन्त्री


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले बागडोगरा विमानस्थल सञ्चालनका लागि भारतीय सेनालाई नेपालको आकाश प्रयोग गर्न दिने विषयमा कुनै सहमति नभएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारतको राजकीय भ्रमण सम्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा उनले यस्तो बताएका हुन् ।

मन्त्री खनालका अनुसार भारतले बागडोगरा विमानस्थल सञ्चालनका लागि नेपालको आकाश प्रयोग गर्न चाहे पनि त्यो सैनिक प्रयोजनका लागि नभई नागरिक उड्डयनका लागि मात्रै हो ।

उनले भारतले पनि सैनिक प्रयोजनका लागि नेपालको हवाई मार्ग नमागेको स्पष्ट पारेको बताए ।

लामो समयदेखि नेपाल भित्रिन सिमरामाथिको एउटा मात्रै हवाई मार्ग प्रयोग गर्नुपर्ने अवस्था रहेकाले थप हवाई मार्गको माग गर्दै आएको उनले बताए । नेपालको पुरानो मागअनुसार भैरहवामाथिको हवाई मार्ग दुवैतर्फ प्रयोग गर्न पाउने गरी भारतसँग समझदारी भएको उनको भनाइ छ ।

हाल नेपालबाट बाहिरिने प्रयोजनका लागि मात्रै प्रयोग हुँदै आएको भैरहवामाथिको प्राविधिक रूपमा ‘ब्राभो–३४५’ भनिने हवाई मार्ग अब नेपाल भित्रिन पनि प्रयोग गर्न सकिनेछ । खनालले बागडोगरा विमानस्थलको विषयमा भ्रमणका क्रममा कुनै टुङ्गो नलागेको र सहमति पनि नभएको दोहोर्‍याए ।

‘आज भएको सहमति भनेको भैरहवामाथिको प्राविधिक रूपमा ब्राभो–३४५ भनिने हवाई मार्ग नेपालले दुवैतर्फ प्रयोग गर्न पाउने विषयमा मात्रै हो,’ उनले भने, ‘भैरहवाबाहेक अन्य कुनै पनि हवाई मार्गसँग सम्बन्धित सहमति भएको छैन ।’

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  १० : ०७ बजे

पोखरामा ‘फेवा किङ्स कप’ राष्ट्रिय भलिबलको तयारी पूरा

कास्की – पोखरामा यही मङ्सिर ९ देखि १५ गतेसम्म सञ्चालन

भारतीय सेनालाई नेपालको आकाश प्रयोग गर्न दिने विषयमा कुनै सहमति भएकाे छैन : परराष्ट्रमन्त्री

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले बागडोगरा विमानस्थल सञ्चालनका लागि भारतीय

प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले

इरानमाथि आक्रमण गरे क्षेत्रीय युद्ध चर्किन सक्ने इजरायली सेनाको चेतावनी

जेरुसेलम – इजरायलले इरानमाथि सम्भावित सैन्य आक्रमण गरे त्यसले व्यापक

संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

काठमाडौं – नेपाल र भारतकाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास