कमला स्नानका तीर्थयात्रीका लागि विशेष रेल सेवा सञ्चालन हुने « Khabarhub

कमला स्नानका तीर्थयात्रीका लागि विशेष रेल सेवा सञ्चालन हुने


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर – कमला नदीमा पूर्णिमा व्रत तथा कार्तिक स्नान गर्न जाने श्रद्धालु भक्तजनको सुविधाका लागि नेपाल रेल्वे कम्पनीले मङ्सिर ८ गते जयनगर–जनकपुर–भङ्गहा रेलखण्डमा विशेष रेल सेवा सञ्चालन गर्ने भएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय जनकपुरधामले सूचना जारी गरी मङ्सिर ८ गते एक दिनका लागि यात्रुको चाप र आवश्यकताअनुसार रेल सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

कमला नदीमा स्नान गर्न जाने श्रद्धालुको आवागमन सहज बनाउने उद्देश्यले विशेष रेल सेवा सञ्चालन गर्न लागिएको कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए ।

कम्पनीका अनुसार मङ्सिर ९ गतेदेखि भने यसअघि सञ्चालन हुँदै आएको नियमित समयतालिकाअनुसार नै रेल सेवा सञ्चालन हुनेछ । कमला नदीमा पूर्णिमा व्रत तथा कार्तिक स्नानका अवसरमा धनुषा, सिरहासहित विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजन पुग्ने भएकाले उनीहरूको यात्रालाई सहज बनाउन विशेष रेल सेवा सञ्चालन गर्न लागिएको हो ।

कम्पनीले सम्बन्धित सबै पक्षलाई विशेष रेल सेवाबारे जानकारी गराउँदै निर्धारित मितिमा सेवा उपयोग गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  १० : ४७ बजे

कमला स्नानका तीर्थयात्रीका लागि विशेष रेल सेवा सञ्चालन हुने

जनकपुर – कमला नदीमा पूर्णिमा व्रत तथा कार्तिक स्नान गर्न

पोखरामा ‘फेवा किङ्स कप’ राष्ट्रिय भलिबलको तयारी पूरा

कास्की – पोखरामा यही मङ्सिर ९ देखि १५ गतेसम्म सञ्चालन

भारतीय सेनालाई नेपालको आकाश प्रयोग गर्न दिने विषयमा कुनै सहमति भएकाे छैन : परराष्ट्रमन्त्री

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले बागडोगरा विमानस्थल सञ्चालनका लागि भारतीय

प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले

इरानमाथि आक्रमण गरे क्षेत्रीय युद्ध चर्किन सक्ने इजरायली सेनाको चेतावनी

जेरुसेलम – इजरायलले इरानमाथि सम्भावित सैन्य आक्रमण गरे त्यसले व्यापक