विवाहित महिलाले जितिन् ‘मिस युनिभर्स २०२६’ को ताज « Khabarhub

विवाहित महिलाले जितिन् ‘मिस युनिभर्स २०२६’ को ताज


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – मिस युनिभर्सको इतिहास रच्दै जेनिफर ब्यारेटो ‘मिस युनिभर्स २०२६’ को ताज जित्ने पहिलो विवाहित महिला र आमा बनेकी छन्। आयोजकले विवाहित तथा आमा बनिसकेका महिलामाथिको दशकौँ पुरानो विवादास्पद प्रतिबन्ध हटाएको तीन वर्षपछि ब्यारेटोले घरेलु मैदानमै यो ऐतिहासिक सफलता हासिल गरेकी हुन्।

पोर्टो रिकोको राजधानी सान जुआनमा सम्पन्न ग्रान्ड फिनालेमा अन्य १ सय १५ प्रतिस्पर्धीलाई पछि पार्दै ब्यारेटोले उपाधि उचालेकी हुन्। उनलाई अघिल्लो संस्करणकी विजेता मेक्सिकोकी फातिमा बोसले मञ्चमा ताज पहिर्‍याइदिइन्।

अन्तिम पाँचको प्रश्नोत्तर चरणमा कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रभावबीच मानिसले कहिल्यै गुमाउन नहुने मानवीय मूल्य के हो भनी सोधिएको प्रश्नमा ब्यारेटोले स्पेनी भाषामा जवाफ दिँदै एआईको जिम्मेवार प्रयोग नै उत्तम विकल्प भएको बताइन्।

‘यदि कृत्रिम बुद्धिमत्ताले हाम्रा मूल्यमान्यतालाई जोखिममा पार्छ भने ती कहिल्यै मूल्य थिएनन्,’ उनले भनिन्, ‘मूल्यमान्यता त हामी जे बोल्छौँ र जे गर्छौँ, त्यसबीचको एकरूपतामा भेटिन्छ- विशेष गरी जब ती कुरा जोगाउन कठिन हुन्छ।’

ब्यारेटोको ऐतिहासिक जितसँगै सम्पन्न भएको यस वर्षको प्रतियोगिता तयारी चरणमा भने भिसा समस्या र व्यावसायिक विवादका कारण निकै प्रभावित बनेको थियो। अमेरिकी भिसा प्राप्त गर्न भएको ढिलाइ र कठिनाइका कारण नेपालसहित पहिलो पटक सहभागी हुन लागेका दक्षिण सुडान र रिपब्लिक अफ कङ्गो गरी पाँच अफ्रिकी मुलुकका सुन्दरी प्रतियोगिताबाट बाहिरिन बाध्य भएका थिए।

त्यस्तै, मिस युनिभर्स अर्गनाइजेसन र दक्षिणपूर्वी एसियाका ६ देशमा छनोट प्रतियोगिता सञ्चालन गर्ने थाई व्यवसायी नवात इत्साराग्रिसिलबीचको करार विवादका कारण इन्डोनेसिया, लाओस, मलेसिया, सिङ्गापुर, थाइल्यान्ड र भियतनामका प्रतिनिधिहरू पनि फिनालेमा सहभागी भएनन्।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ५ : २७ बजे

अटो चलाएर आत्मनिर्भर बन्ने बाटोमा सञ्जु

वालिङ– स्याङ्जाको वालिङस्थित गाउँ नगर अटो यातायात प्रालिमा दर्ता भएर

कांग्रेस केन्द्रीय समिति बैठकमा १०औँ राष्ट्रिय खेलकुदको ‘सिग्नेचर गीत’ 

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको दोस्रो दिन आज १०औँ

सङ्खुवासभाका छ उद्यमी सम्मानित

सङ्खुवासभा– घरेलु तथा साना उद्योग कार्यालय सङ्खुवासभाले जिल्लाका छ जना

भारत–बङ्गलादेश तनावबीच आइपीएल लिलामीमा १२ बङ्गलादेशी खेलाडी

काठमाडाैँ– भारत र बङ्गलादेशबीच राजनीतिक तनाव बढिरहेका बेला इन्डियन प्रिमियर लिग

विवाहित महिलाले जितिन् ‘मिस युनिभर्स २०२६’ को ताज

काठमाडाैँ – मिस युनिभर्सको इतिहास रच्दै जेनिफर ब्यारेटो ‘मिस युनिभर्स