मेचीनगरलाई सडकआश्रित मानवमुक्त घोषणा गर्ने तयारी « Khabarhub

मेचीनगरलाई सडकआश्रित मानवमुक्त घोषणा गर्ने तयारी


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– मेचीनगर नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा गरिने भएको छ ।

मानवसेवा आश्रम र नगरपालिकाको संयुक्त पहलमा यही मङ्सिर १५ गते घोषणाका लागि आवश्यक तयारी भइरहेको मानवसेवा आश्रम झापा जिल्ला संयोजक खगेन्द्र विश्वकर्माले जानकारी दिए ।

हालसम्म मेचीनगर नगरपालिकाभित्रबाट १०६ जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरिएको उनले जानकारी दिए । नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त बनाउने उद्देश्यसहित मानवसेवा आश्रम र नगरपालिकाबीच दुई महिनाअघि सम्झौता भएको थियो । सम्झौतापछि नगरपालिकाका विभिन्न क्षेत्रबाट नियमित रूपमा उद्धार सेवा सञ्चालन हुँदै आएको छ ।

२०८१ साल मङ्सिर २३ गते विधिवत् रूपमा सञ्चालनमा आएको मानवसेवा आश्रम झापा शाखामा हाल १०३ जना आश्रित रहेका छन् । तीमध्ये ३४ जना महिला र ६९ जना पुरुष रहेको उनको भनाइ छ ।

आश्रमले हालसम्म झापाका विभिन्न स्थानबाट २२६ जनाको उद्धार गरी ११५ जनालाई पारिवारिक पुनर्मिलन गराइसकेको जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ७ : २८ बजे

मेचीनगरलाई सडकआश्रित मानवमुक्त घोषणा गर्ने तयारी

झापा– मेचीनगर नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा गरिने भएको

गण्डकी प्रदेश सरकारका योजना धमाधम कार्यान्वयनमा

बागलुङ– गण्डकी प्रदेश सरकारले बागलुङका २४२ ग्रामीण सडक एकैसाथ स्तरोन्नति

घुमाउने पुल निर्माणका लागि स्थानीयको ताकेता

तनहुँ– तनहुँको आँबुखैरेनी र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथि

लागूऔषधसहित २७ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

बझाङ– बझाङका गाउँगाउँमा पछिल्लो समय क्रिकेटको आकर्षण बढ्दै गएको छ