ठगी तथा संगठित अपराध कसुरमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ « Khabarhub

ठगी तथा संगठित अपराध कसुरमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव एकनारायण अर्याल पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५९ वर्षीय अर्याललाई बिहीबार मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो।

स्याङ्जाको करेन्डाँडा–४ स्थायी ठेगाना भएका अर्यालविरुद्ध काठमाडौँ जिल्ला अदालतले मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति दिएको थियो।

सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयको पत्र तथा विकास रानाभाटसमेतको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी कैलाश खड्कासमेत भएको ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अर्याल संलग्न रहेको पाइएको छ।

मलेसिया र नेपाल सरकारबीच भएको श्रम समझदारी (एमओयू) विपरीत श्रमिकहरूबाट गैरकानुनी रूपमा संकलित रकममध्ये ८३ लाख ७० हजार ४३९.९२ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८०.८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा विदेशी मुद्रा अपचलन गरी मलेसिया पठाउने निर्णयमा उनी प्रत्यक्ष संलग्न रहेको प्रहरीको आरोप छ।

अर्यालले अधिकार क्षेत्र नाघेर बदनियतपूर्वक मुलुकको अर्थतन्त्र र विदेशी मुद्रा सञ्चितिमा नोक्सानी पुग्ने गरी निर्णय गरेको सीआईबीले जनाएको छ।

संगठित समूहको लाभका लागि पदीय जिम्मेवारी विपरीत श्रमिक ठगीमा मौन रही कानुनी उपचार नगराएको तथा अवैध रूपमा संकलित रकम मलेसिया पठाएर आर्थिक लाभ लिने र दिलाउने कार्यमा समेत उनको संलग्नता देखिएको ब्युरोले स्पष्ट पारेको छ।

पक्राउ परेका अर्यालमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ६ : ४३ बजे

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन नागरिक अभियानको माग

काठमाडौँ- स्थानीय तहको निर्वाचनलाई गैरदलीय प्रणालीमा रूपान्तरण गरी नागरिकमैत्री बनाउनुपर्ने

एक्सनमा आयल निगम : भारतबाट एकै दिन १६१ बुलेट लोडिङ

काठमाडौँ – खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन नेपाल

साउदी आक्रमणमा यमनमा ११ जनाको मृत्यु, अधिकांश बालबालिका

साना- यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई

चिनियाँ नागरिकबाट ६६ हजार ९५० युआन बरामद, दुई जना पक्राउ

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाबाट स्रोत नखुलेको ६६ हजार ९५० चिनियाँ