आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सु « Khabarhub

आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सु


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लागे पनि अधिकांश क्षेत्रमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार हाल हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ।

आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौँ उपत्यकामा आज न्यूनतम तापक्रम ८ देखि १० डिग्री सेल्सियस र अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ।

त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

महाशाखाका अनुसार शनिबार बिहान काठमाडौँ उपत्यका र खोँचसहित तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ६ : २३ बजे

भारतीय सवारीसाधनको अस्थायी पैठारी शुल्क पोखरा भन्सारको मुख्य आम्दानी

कास्की- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको राजस्व सङ्कलनको मुख्य आधार भारतीय

आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सु

काठमाडौँ– देशमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल मङ्सिर ११ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल मङ्सिर ११ गते शुक्रबार सन् २०२६