चिनियाँ नागरिकबाट ६६ हजार ९५० युआन बरामद, दुई जना पक्राउ « Khabarhub

चिनियाँ नागरिकबाट ६६ हजार ९५० युआन बरामद, दुई जना पक्राउ


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाबाट स्रोत नखुलेको ६६ हजार ९५० चिनियाँ युआनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । भोटेकोशी गाउँपालिका–२ स्थित अस्थायी प्रहरी पोष्ट १० किलो अगाडि बिहीबार जाँचका क्रममा उक्त रकम बरामद भएको हो ।

इलाका प्रहरी कार्यालय कोदारी र अस्थायी प्रहरी पोष्ट १० किलोबाट खटिएको संयुक्त प्रहरी टोलीले कोदारीबाट काठमाडौँतर्फ आउँदै गरेको बा ५ च ५२९३ नम्बरको स्कारपियो गाडी जाँच गर्ने क्रममा रकम फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । गाडीको बीचको सिटमा सवार ५१ वर्षीय चिनियाँ नागरिक सिरेनु ओजीले बोकेको कालो झोलाभित्र लुकाएर राखिएको अवस्थामा उक्त रकम बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेसी शाहका अनुसार बरामद रकममा १०० युआन दरका ६६७ थान र ५० युआन दरका पाँच थान नोट छन् । उक्त रकम नेपाली रु १६ लाख छ हजार ८०० बराबर रहेको उनले जानकारी दिए । घटनामा संलग्न रहेको आरोपमा ५१ वर्षीय सिरेनु र ४३ वर्षीय बुजियान्दु ओजीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कोदारीमा राखिएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्कारपियोका चालक भोटेकोशी गाउँपालिका–५ निवासी २८ वर्षीय मोहन भण्डारीलाई भने आवश्यक अनुसन्धानपछि छाडिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ७ : ०० बजे

एक्सनमा आयल निगम : भारतबाट एकै दिन १६१ बुलेट लोडिङ

काठमाडौँ – खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन नेपाल

साउदी आक्रमणमा यमनमा ११ जनाको मृत्यु, अधिकांश बालबालिका

साना- यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई

चिनियाँ नागरिकबाट ६६ हजार ९५० युआन बरामद, दुई जना पक्राउ

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाबाट स्रोत नखुलेको ६६ हजार ९५० चिनियाँ

शिरिस्थानको ज्वालाबाट दसौँ राष्ट्रिय खेलकुदको ट्रफी टुर सुरु, दैलेखले राष्ट्रिय पहिचान पाउने विश्वास

दैलेख- कर्णाली प्रदेशको राजधानीबाट सबैभन्दा नजिकको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय