चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न कांग्रेसले आयोगलाई पत्र लेख्ने « Khabarhub

चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न कांग्रेसले आयोगलाई पत्र लेख्ने


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ ।  

शुक्रबार पार्टी कार्यालय सानेपामा सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५ औँ महाधिवेशनपछि आयोगले कांग्रेसको अद्यावधिक गरिसकेकाले पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको हो । 

साथै बैठकले पार्टीको नाम, चुनाव चिह्न र झण्डाको दुरुपयोग नगर्न अर्को पक्षलाई सचेत गराउने निर्णय समेत गरेको कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीले जानकारी दिए  ।

बैठकले सरकारले अध्यादेशबाट शासन चलाउन खोजेको, संविधान तथा लोकतान्त्रिक संस्थामाथि प्रहार गरेको निष्कर्ष निकालेको उनले बताए । 

त्यस्तै पासपोर्ट प्रकरण र सुनकोसी–मरिन डाइभर्सन प्रकरणमा राज्यका संयन्त्र दुरुपयोग गरी आर्थिक चलखेल तथा स्वार्थ पूरा गर्न खोजिएको सहमहामन्त्री  शिवाकोटीले उल्लेख गरे ।

स्थानीय चुनावको तयारीका लागि देशभरिका पालिकामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय समेत भएको उनले बताए । 

साथै बैठकले सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट लखेटिएको विषयको विरोध गरिएको शिवाकोटीले जानकारी दिए । बैठकका पूर्ण निर्णय शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ७ : ५५ बजे

इनमको जीवन रक्षा र निष्पक्ष छानबिनको माग गर्दै मानव अधिकार आयोगमा निवेदन

काठमाडौँ- आफू र आफ्नो परिवारको जीवन रक्षा तथा निष्पक्ष छानबिनको

चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न कांग्रेसले आयोगलाई पत्र लेख्ने

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डाको दुरुपयोग

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन नागरिक अभियानको माग

काठमाडौँ- स्थानीय तहको निर्वाचनलाई गैरदलीय प्रणालीमा रूपान्तरण गरी नागरिकमैत्री बनाउनुपर्ने

एक्सनमा आयल निगम : भारतबाट एकै दिन १६१ बुलेट लोडिङ

काठमाडौँ – खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन नेपाल