साउदी आक्रमणमा यमनमा ११ जनाको मृत्यु, अधिकांश बालबालिका « Khabarhub

साउदी आक्रमणमा यमनमा ११ जनाको मृत्यु, अधिकांश बालबालिका


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साना- यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये अधिकांश बालबालिका रहेको हुथी सञ्चारमाध्यमले जनाएको छ । हुथी समूहको समाचार एजेन्सी सबाका अनुसार शुक्रबार ताइज प्रान्तको अल–तुर्बा सहरस्थित एक आवासीय भवनलाई लक्षित गरी साउदी युद्धविमानले आक्रमण गरेको थियो ।

स्थानीय स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सीले आक्रमणमा ११ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ । यसैबीच, साउदी सेनाले हुथी समूहको प्रभाव क्षेत्र मानिने सादा क्षेत्रमा इन्धन भण्डारण केन्द्रलाई पनि निशाना बनाएको समाचारमा उल्लेख छ । यसअघि बिहीबार हुथी विद्रोहीले साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको जाजान तेल प्रशोधन केन्द्रमा आक्रमण गरेका थिए ।

साउदी प्रेस एजेन्सी (एसपीए) का अनुसार उक्त आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको थियो भने अन्य केही व्यक्ति घाइते भएका थिए । आक्रमणपछि लागेको आगलागीका कारण तेल प्रशोधन केन्द्रको सञ्चालनसमेत बन्द गर्नुपरेको साउदी अधिकारीहरूले बताएका छन् । यमनमा पछिल्लो समय पुनः युद्ध चर्किएको छ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारलाई समर्थन गर्दै आएको साउदी नेतृत्वको गठबन्धनले हुथी समूहको नियन्त्रणमा रहेका क्षेत्रमा नियमित हवाई आक्रमण गर्दै आएको छ । त्यसको जवाफमा हुथी समूहले साउदी अरबका तेल तथा ऊर्जा केन्द्र, विमानस्थल र राजधानी रियादको वित्तीय क्षेत्रमा समेत आक्रमण गर्दै आएको छ ।

सन् २०१५ मा राजधानी सानाबाट हटाइएपछि यमनी सरकार दक्षिणी सहर अदनमा आश्रय लिएर बसेको छ । पछिल्लो समय हुथी लडाकुहरू अदनतर्फ अघि बढिरहेको समाचारमा उल्लेख छ । संयुक्त राष्ट्रसंघका अनुसार यमनमा पुनः द्वन्द्व सुरु भएयता दुई हजार ३०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने तीन लाख ६४ हजारभन्दा बढी विस्थापित भएका छन् ।

त्यस्तै, साउदी अरबका अधिकारीहरूका अनुसार हुथी समूहका आक्रमणमा साउदी अरबभित्र २७ जनाको मृत्यु भएको छ । यमनको द्वन्द्वले लालसागरस्थित रणनीतिक जलमार्ग बाब अल–मन्देब क्षेत्रमा समेत सुरक्षा चुनौती बढाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ७ : १८ बजे

एक्सनमा आयल निगम : भारतबाट एकै दिन १६१ बुलेट लोडिङ

काठमाडौँ – खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन नेपाल

साउदी आक्रमणमा यमनमा ११ जनाको मृत्यु, अधिकांश बालबालिका

साना- यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई

चिनियाँ नागरिकबाट ६६ हजार ९५० युआन बरामद, दुई जना पक्राउ

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाबाट स्रोत नखुलेको ६६ हजार ९५० चिनियाँ

शिरिस्थानको ज्वालाबाट दसौँ राष्ट्रिय खेलकुदको ट्रफी टुर सुरु, दैलेखले राष्ट्रिय पहिचान पाउने विश्वास

दैलेख- कर्णाली प्रदेशको राजधानीबाट सबैभन्दा नजिकको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय