स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन नागरिक अभियानको माग « Khabarhub

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन नागरिक अभियानको माग


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्थानीय तहको निर्वाचनलाई गैरदलीय प्रणालीमा रूपान्तरण गरी नागरिकमैत्री बनाउनुपर्ने माग ‘समृद्धिका लागि नागरिक शक्ति निर्माण अभियान’ले अघि सारेको छ । सो अभियानले स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन सकिएमा नागरिकमैत्री सरकार बन्ने र यसबाट मुलुकको विकासमा ठूलो सघाउ पुग्ने भन्दै राजनीतिक दलहरूको ध्यानाकर्षण गराएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत अभियानले यस प्रयोजनका लागि आगामी स्थानीय तहको निर्वाचन अगावै संविधान र कानुनमा आवश्यक संशोधन गर्न पनि माग गरेको छ । स्थानीय सरकारहरू सबैजसो राजनीतिक दलका स्थानीय अखडा र विजयी दलका कार्यकर्ताको प्रभावमा सञ्चालन हुने गरेको भन्दै दलीय प्रतिस्पर्धाका कारण स्थानीय तहमा राजनीतिक एकाधिकार, भ्रष्टाचार, पक्षपात र स्रोतसाधनको दुरूपयोग बढेको आरोप पनि लगाएको छ ।

पत्रकार सम्मेलनमा कानुनविद् तथा लेखक डा युवराज संग्रौलाले स्थानीय तहमा दलीय ‘सिन्डिकेट’ अन्त्य गर्न गैरदलीय निर्वाचन आवश्यक रहेको धारणा राखे । उनले स्थानीय स्रोत र बजेट उत्पादनशील क्षेत्रमा परिचालन हुनुपर्नेमा भ्युटावरलगायत अनुत्पादक संरचनामा खर्च भइरहेको टिप्पणी पनि गरे । गैरदलीय निर्वाचनमार्फत स्थानीय उत्पादन, उद्यमशीलता र रोजगारी प्रवर्द्धन गर्न सकिने उनको भनाइ थियो ।

त्यस्तै, सामाजिक अभियन्ता तथा नेपाली सेनाका पूर्वउपरथी बाबुराम श्रेष्ठले स्थानीय सरकारलाई नागरिकप्रति उत्तरदायी बनाउनका लागि पनि गैरदलीय स्थानीय सरकार आवश्यक रहेको बताए । नेपाल दलित उत्पीडित केन्द्रका अध्यक्ष नन्दराज घतानीले राजनीतिक नेतृत्व र स्थानीय सत्ताको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै देशको वर्तमान सङ्कट समाधानका लागि आमूल परिवर्तन आवश्यक रहेकाले निर्वाचनबाट सक्षम र इमानदार व्यक्तिहरू छान्नुपर्ने धारणा राखे ।

सो कार्यक्रममा सामुदायिक विद्यालय अभिभावक सङ्घका अध्यक्ष रामप्रसाद न्यौपानेले पछिल्लो राजनीतिक गतिविधिले स्थानीय तहमा गैरदलीय निर्वाचनको आवश्यकता थप पुष्टि गरेको बताए । इन्जिनियर थलबहादुर तामाङले स्थानीय तह र प्रदेशसभाको निर्वाचनमा समेत दलीय प्रतिस्पर्धा तथा राजनीतिक गतिविधिको प्रभावले देशको अर्थतन्त्रमा असर गर्न सक्ने चिन्ता व्यक्त गरे । अभियानले स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखको नेतृत्वमा समावेशी समूह गठन गरी गैरदलीय निर्वाचन चिह्नमार्फत प्रतिस्पर्धा गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको छ ।

साथै, निर्वाचनमा सहभागी समूहले पाँच वर्षे विकास योजनासहितको घोषणापत्र पेस गरी त्यसकै आधारमा प्रतिस्पर्धा गर्ने कानुनी व्यवस्था गर्न पनि माग गरेको छ । स्थानीय उत्पादन, प्रविधि, नवप्रवर्तन, उत्पादनको प्रशोधन तथा बजार व्यवस्थापनलाई प्राथमिकता दिँदै स्थानीय उत्पादनको खरिद गरी ब्रान्डिङ र बिक्रीको व्यवस्था स्थानीय सरकारले नै गर्नुपर्ने पनि सो अभियानको सुझाव छ । त्यसैगरी जनप्रतिनिधिलाई नागरिकप्रति जवाफदेही बनाउन नियमित सार्वजनिक सुनुवाइ, घोषणापत्र कार्यान्वयनको मूल्याङ्कन, नागरिक निगरानी तथा बजेट र योजनामा पारदर्शिता सुनिश्चित गर्नुपर्ने अभियानले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ७ : ४६ बजे

इनमको जीवन रक्षा र निष्पक्ष छानबिनको माग गर्दै मानव अधिकार आयोगमा निवेदन

काठमाडौँ- आफू र आफ्नो परिवारको जीवन रक्षा तथा निष्पक्ष छानबिनको

चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न कांग्रेसले आयोगलाई पत्र लेख्ने

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डाको दुरुपयोग

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन नागरिक अभियानको माग

काठमाडौँ- स्थानीय तहको निर्वाचनलाई गैरदलीय प्रणालीमा रूपान्तरण गरी नागरिकमैत्री बनाउनुपर्ने

एक्सनमा आयल निगम : भारतबाट एकै दिन १६१ बुलेट लोडिङ

काठमाडौँ – खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन नेपाल