रास्वपाको क्यान्डिडेट क्लब समितिमा ६ सदस्य मनोनीत « Khabarhub

रास्वपाको क्यान्डिडेट क्लब समितिमा ६ सदस्य मनोनीत


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्यान्डिडेट क्लब समितिमा ६ जना सदस्य मनोनीत गरेको छ ।

समितिका संयोजक कविन्द्र बुर्लाकोटीको सिफारिसमा डा. नमिता यादव, सुलभ खरेल, हिमेश पन्त, शिव यादव र पारसमणि गेलाल सदस्यमा मनोनीत भएका हुन् । बुर्लाकोटी भने समितिको संयोजकको जिम्मेवारीमा छन् ।

समितिको आज बसेको बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

बैठकमा उम्मेदवारका आकांक्षी तथा आवेदकबाट आवश्यक विवरण र कागजात संकलन गर्ने विधि तथा प्रक्रिया निर्धारण गर्ने विषयमा छलफल गरिएको थियो ।

त्यस्तै, विभिन्न क्षेत्रका योग्य तथा सक्षम व्यक्तिलाई पार्टीको उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराउने उद्देश्यले ल्याटेरल इन्ट्रीसम्बन्धी आवेदन फारम तयार गर्ने विषयमा पनि छलफल भएको छ ।

उम्मेदवार छनोट प्रक्रियालाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन दाबी–विरोधसम्बन्धी फारम तथा प्रक्रिया तयार गर्ने विषयले समेत बैठकमा प्राथमिकता पाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ८ : ४३ बजे

रास्वपाको क्यान्डिडेट क्लब समितिमा ६ सदस्य मनोनीत

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्यान्डिडेट क्लब समितिमा ६

दसौँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा आर्मी क्लब विजयी

कर्णाली – दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

जनकपुर – धनुषाको औरही गाउँपालिका–२ परवाहामा मोटरसाइकल दुर्घटना हुँदा एक

इनमको जीवन रक्षा र निष्पक्ष छानबिनको माग गर्दै मानव अधिकार आयोगमा निवेदन

काठमाडौँ- आफू र आफ्नो परिवारको जीवन रक्षा तथा निष्पक्ष छानबिनको