साग खेलकुद– भीभीआईपी क्षेत्रमा ठेलमठेल ! « Khabarhub

साग खेलकुद– भीभीआईपी क्षेत्रमा ठेलमठेल !



काठमाडौं – १३ औं दक्षिण खेलकुद (साग) अन्तर्गत भलिबल खेल बुधबारदेखि शुरु भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भलिबलका खेल दिउँसो १ बजेदेखि राति ७ बजेसम्म विभिन्न समयमा भइरहेका छन् ।

नेपालले बंगलादेशसँग खेल्दै बुधबार उद्घाटन भएको साग भलिबलमा अहिले महिला तर्फबाट समूह बि का माल्दिभ्स र श्रीलंका सेमिफाइनल पुगिसकेका छन् भने समूह ए मा नेपाल र भारतले समान एक–एक खेल जीतेका छन् ।

यता पुरुष भलिबलतर्फ सबै टोलीले एक – एक खेल जीतेका छन् । साग भलिबलमा अहिलेसम्म महिला पुरुषगरि ७ खेल भएका छन् ।

अहिलेसम्मका खेल सकिँदा मैदानमा कुनै पनि वाद- विवाद देखिएको छैन् । नत, मैदान बाहिर नै । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेल स्थल व्यवस्थापनको जिम्मा संघहरुलाई दिएको छ।

त्यसैले भलिबलको खेल स्थल राखेप कभर्डहलमा खेल हेर्न आउने दर्शकदेखि वरिष्ठ तथा अथितिले पाउने भीभीआईपी क्षेत्रको व्यवस्थापनमा भने भलिबल संघ चुकेको छ।

व्यवस्थापनको जिम्मा संघले पाएको छ तर, पास सहित भीभीआईपी क्षेत्रमा प्रवेश गरेपछि उनीहरुलाई बाहिर निकाल्न पनि भलिबल संघका पदाधिकारीलाई सहज छैन्।

`अहिले यो पास बाड्ने प्रक्रिया नै फितलो भएको छ । भीभीआईपी सिटमा खास महिमान तथा वरिष्ठ व्यक्तिहरु आउनुहुन्छ तर, त्यहीँ पहुँचका आधारमा पास लिएका व्यक्ति पनि हुन्छन्,´ संघका एक पदाधिकारीले नाम नबताउने शर्तमा भने।

भीभीआईपी सिटमा टिकट काटेर वाजेहरुले पनि आरामले बसेर खेल हेर्न पाउने व्यवस्था हुन्छ । तर, त्यहा त्यस्तो छैन्। भीआईपी पास भिरेका व्यक्तिहरुले नै त्यो क्षेत्र भरिभराउ हुन्छ।

बिहीबार नेपाली महिला टोली र भारतबीचको खेलका क्रममा भीभीआईपी एसियामा भीभीआईपीहरुको ठेलमठेल भइरहेको थियो। कोही शुरुको रो को तल थचक्क बसेका थिए भने कति मानिसहरु उभिएर खेल हेरिरहेका थिए।

त्यतिमात्रै होइन, भलिबल खेल हेर्न जाने पास भिरेकाहरुको समेत राम्रोसँग चेकजाँच भइरहेको छैन । जसले कम र साघुँरो ठाउँमा भइरहेको खेललाई अव्यवस्थित देखाएको छ।

कभर्डहलमा भटिएका राखेपका एक जना पदाधिकारीले त सागमा पहुँचका आधारमा विभिन्न क्षेत्रमा प्रवेश गर्ने सत्तारुढ दलका कार्यकर्तालाई समेत पास भिराएको आरोप लगाएका छन्।

अहिले राखेप नेतृत्वमा सरकारको सिफारिस बाट आएका रमेश कुमार सिलवाल सदस्य सचिवका रुपमा झन् भने राखेप उपाध्यक्षमा पनि सरकारले नै सिफारिस ल्याएका पिताम्बर तिम्सिना छन्।

अहिले राखेपमा सत्तासीन दल नेकपाको हाली मुहाली छ । उनीहरुले आफ्ना नजिकका व्यक्तिहरुलाई भीभीआईपी पास बाडेको आयोजक कमिटिका एक जनाले बताए ।

अहिले भीभीआईपी सिट भरिभराउ मात्रै होइन त्यहाँबाट उठेरसमेत भलिबल हेरिरहेका हुन्छन्। बिहीबार भीभीआईपी एरियामा भएका मानिसहरु बस्न ठाउँ नपुगेपछि पछिल्लो दुई रो मा उभिएर खेल हेरिरहेका थिए। उभिएर खेलहेरिरहेको भीभीआईपी एरियाकोदभिड देखेपछि नेपाल र भारतबीचको खेल हेर्न कभर्डहल पुगेका एक दर्शकले व्याङ्य गर्दै भने `भीआईपीलाई उभ्यिाउने´?

खेल व्यवस्थापनको जिम्मा पाएको भलिबल संका प्रवक्ता भिम ओलिले भीभीआईपी एरिया सानो र मानिसहरु धेरै भएपछि केहिले उभिएर खेल हेर्नू परेको बताए।

`कभर्डहल उसैपनि सानो ठाउँ त्यसमा अहिले भीआईपी पासवाला मानिसहरु पनि धेरै हुनुहुन्छ। त्यसैले त्यस्तो भिड भएको हो,´ ओलिले भने।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ९ : १७ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन